संसद अबरुद्ध गर्ने एमालेको निर्णय तर्कसंगत भएनः निधि

 संसद अबरुद्ध गर्ने एमालेको निर्णय तर्कसंगत भएनः निधि

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सर्वोच्च अदालतको फैसलापछि पनि संसद अबरुद्ध गर्ने कुरा तर्कसंगत नभएको बताएका छन्।

काठमाडौंमा शुक्रबार डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपालले तयार पारेको गीतको लोकार्पण गर्दै निधिले सर्वोच्च अदालतले नै संविधान संशोधन सम्बन्धी निर्णय गर्ने थलो संसद भनिसकेकाले संसद अबरुद्ध गर्ने कुरा तर्कसंगत नभएको बताएका हुन्।

गृहमन्त्री निधिले भने,‘एमालेले संसद अबरोध गर्ने निर्णय फिर्ता लिएर छलफल गरी निर्णय प्रक्रियामा भाग लिनुपर्छ।’ संसदबाट संविधान संशोधन प्रक्रिया अघि बढेपछि संविधान कार्यान्वयनको काम सुरु हुने उनले बताए।

गृहमन्त्री निधिले २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्ने सरकारको मुख्य दायित्व भएको र निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जनाए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.