ट्याक्सीमा बिलिङ प्रिन्टर जडान सुस्त

ट्याक्सीमा बिलिङ प्रिन्टर जडान सुस्त

काठमाडौंः सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ मिटर जडानकार्य सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा बिलिङसहितको प्रिन्टर मिटर जडान भएको छ । सरकारले गत मंसिर २३ गतेदेखि प्रिन्टर जडान थालेको हो ।

गुणस्तर तथा नापतौल विभागले मंसिर २३ गतेबाट यो नियम लागू गरे पनि तीन सातापछि पुस १७ गतेबाट भने आलोपालो प्रणाली लागू गरेको थियो । आलोपालो प्रणालीमा तालिका बनाई छ महिनामा बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ मिटर जडान गरिसक्ने योजना विभागको छ । साउन ७ गतेभित्र राजधानीमा सबै ट्याक्सीमा बिलिङ मिटर जडान भइसक्नुपर्नेछ ।

विभागको ट्याक्सी तथा टेम्पो एकाइले तीन सातासम्म आफूखुसी प्रिन्टर मेसिन जडान गर्न आग्रह गर्दै काम सुरु गरेको थियो । गत पुस १७ गतेबाट भने लटअनुसार एक साताको समयावधि तोकेर प्रिन्टरसहितको बिलिङ मेसिन जडान थालेको हो ।

एकाइका प्रमुख विकास ध्वन्जुका अनुसार पुस १७ देखि २२ गतेसम्म बा २ ज ३००० देखि बा २ ज ३२०० नम्बर प्लेटका २ सय ट्याक्सीलाई प्रिन्टरसहितको बिलिङ मेसिनका लागि कार्यालयमा बोलाए पनि ५० वटामात्र ट्याक्सी मेसिन जडान गर्न आएका थिए ।

८० भन्दा बढी ट्याक्सी चालकले भने आर्थिक समस्या देखाउँदै एक साताको समय थप माग गरेको ध्वन्जुले बताए । अब बिस्तारै यो क्रम अघि बढ्ने आशा उनले व्यक्त गरे । आफ्नो पालामा बिलिङ मिटर जडान गर्न नआउने र अटेर गर्र्नेलाई भने गुणस्तर तथा नापतौल ऐन, ट्राफिक नियम र यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने ध्वन्जुले बताए ।

बिलिङ प्रिन्टर जडान गर्न नआउने ट्याक्सी चालकलाई कारबाही हुने

उपत्यकामा मात्रै १० हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् । उपत्यकासँगै देशका अन्य ठाउँमा दर्ता भएका ट्याक्सीमा समेत क्रमशः बिलिङ प्रिन्टरसहितको मिटर जडान गरिने विभागले जनाएको छ । अहिले देशभरमा करिब ३० हजार ट्याक्सी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा विभागले बिलिङ मिटर जडानको कामलाई अगाडि बढाएको हो । यसले कुनै पनि उपभोक्ता ठगीमा परेको अवस्थामा कारबाही गर्न सहज हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन् । विभागले म्यानुयल तथा डिजिटल मिटरबाट उपभोक्ता ठगी हुने क्रम नघटेको बन्दै प्रिन्टरसहितको मिटर जडान सुरु गरेको हो ।

बिलिङ मिटर नभए नवीकरण नहुने

मिटर नवीकरण गर्न जाने ट्याक्सी चालकले अनिवार्य रूपमा बिलिङ प्रिन्टर मेसिनसहित जानुपर्छ । बिलिङ मिटरबिना नवीकरण गर्न जाँदा मिटर नवीकरण नहुने ध्वन्जुले बताए । नवीकरण गर्दा तीन सय रुपैयाँ खर्च हुन्छ । नयाँ मिटर दर्तामा ३ सय रुपैयाँ खर्च हुन्छ ।

ट्याक्सीमा प्रयोग भएको मिटरले प्रिन्टर मेसिन सपोर्ट गरेको अवस्थामा नयाँ मिटर आवश्यक नपर्ने उनले बताए । मिटरले काम नगरेको अवस्थामा भने व्यवसायीको पाँच हजारदेखि ८ हजार रुपैयाँसम्म खर्च हुन्छ । बिलिङ मिटरमा ट्याक्सी नम्बर, यात्रा गर्नेको नाम, रकम, गुडेको किलोमिटर र चालकको समेत नाम हुन्छ । यसले गर्दा ठगी गर्ने ट्याक्सीलाई सहजै कारबाहीको दायरामा ल्याउनसक्ने पुडासैनीको दाबी छ ।

आफू ठगिएको शंका लागेमा तिरेको बिलसहित ट्राफिक प्रहरीसमक्ष उजुरी गर्न सकिने व्यवस्था हुन्छ । ट्याक्सीमा यात्रा गर्दा सुरुमा १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ २० पैसाका दरले एक किलोमिटरमा ३६ रुपैयाँ तिर्नुपर्छ । योभन्दा बढी रकम बिलमा आएको शंका लाग्नासाथ यात्रुले उजुरी गर्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.