उपाधिका लागि आर्मी र मनाङ भिड्ने

उपाधिका लागि आर्मी र मनाङ भिड्ने

हेटौंडाः दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै आर्मीले मनाङसँगको उपाधि भिडन्त पक्का गरेको हो । प्रतियोगिताको साविक विजेता मनाङ यसअघि नै फाइनलमा पुगिसकेको छ ।

आर्मीले शुक्रबार स्थानीय प्राइम पोलिक्लिनिक विजय युथ क्लबलाई अतिरिक्त समयमा ४-१ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्मीले जित हात पारेको हो ।

आर्मीलाई स्ट्राइकर नवयुग श्रेष्ठले खेल सकिन १६ सेकेन्ड बाँकी रहेको अवस्थामा १-१ गोलको बराबरीमा फर्काएका थिए । आर्मी त्यसअघि विदेशी खेलाडी मार्टिन अजाईको गोलमार्फत खेलमा पछि परेको थियो ।

त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि ८० मिनेटको खेल १-१ गोलको बराबरीमै टुंगिएको थियो । त्यसपछि थप गरिएको २० मिनेटको समयमा भने तीन गोल गर्दै आर्मी ४-१ को अन्तरमा विजयी बन्न सफल भयो ।

आर्मीले ९१औं मिनेटबाट अग्रता बनाएको थियो । नवयुगले विपक्षी टोलीका तीन डिफेन्डरलाई छक्याउँदै दिएको बलमा गोल गर्दै भरतले आर्मीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि भरतको क्रसमा हिरण्य मगरले हेडिङ गोल गरेपछि आर्मी ३-१ ले अघि बढेको थियो । त्यसपछि खेलको एक सय ६ मिनेटमा नवयुगको क्रसलाई गोलमा परिणत गर्दै दीप लामाले आर्मीको जित ४-१ ले पक्का बनाएका थिए ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले विपक्षी खेलाडीको फिटनेस निकै कमजोर रहेकाले अतिरिक्त समयमा आफूहरूलाई जितका लागि सजिलो बनेको प्रतिक्रिया दिए । ‘अन्तिम अवस्थासम्म पनि हामीले सम्हालिएर खेल्यौं', प्रशिक्षक न्यौपानेले भने, ‘विपक्षी खेलाडीको फिटनेस ज्यादै कमजोर भएकाले थप समयमा हामी तीन गोल गर्न सफल भयौं ।

विजय युथका प्रशिक्षक सुविन घिमिरेले खेलमा भाग्यले साथ नदिएको बताए । ‘दुर्भाग्य नै लागेको छ कि हामीले पहिलो हाफमा केही सेकेन्ड सम्हालिन नसक्दा गोल बेहोर्न पुग्यांै', उनले भने, ‘अन्ततः हामी त्यसपछि खेलमा फर्कन सकेनौं ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.