‘अब सेना हेर्न बाँकी’ (भिडियाेसहित)

‘अब सेना हेर्न बाँकी’ (भिडियाेसहित)

काठमाडौंः संविधान संशोधन विरुद्ध नेकपा(एमाले) नेतृत्वमा नौ दलीय गठबन्धनले आयोजना गरेको विशाल ‘विरोध प्रदर्शन तथा सभा’मा सहभागि हुन राजधानी आईपुगे पनि उनीहरु राजनीतिक दलले मुलुकमा सुव्यवस्था ल्याउछन् भन्नेमा ढुक्क छैनन् ।

हामीले त्रिभुवनदेखि चार राजा, बीपी कोइराला, मनमोहन अधिकारी देखि प्रचण्डसम्म हेर्यौ तर मुलुकको स्थिति झनै बिग्रदो अवस्थातर्फ उन्मुख भइरहेको छ । अब सैनिक शासन मात्र हेर्न बांकी छ । यो अन्नपूर्णले बिद्यमान परिस्थितिका सन्दर्भमा सहभागिहरुसंग गरिएको कुराकानी थियो ।

राजाको अन्त्यका नाममा आएको धर्मनिरपेक्षता र संघीयताले मुलुक खोक्रो बनाउदै जाने क्रममा आज सुव्यवस्था आम जनताका लागि सून्य भइसकेको छ । सुव्यवस्थाको पुर्नवहाली आम जनताको पहिलो आवश्यक्ता भएकोले त्यसका लागि अस्ताउन लागेको हाम्रो उमेरले सेना हेर्न बांकी रहेको उनीहरु बताउछन् ।

दोलखा भिमेश्वर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ८४ का कृष्णप्रसाद घिमिरेले भने,‘मुलुकमा सुव्यवस्थाका लागि पनि अब सेनाले शासन गर्नु पर्छ । हामीले हेर्न बांकी पनि सेनाकै सत्ता हो ।’ दलहरुको सबैभन्दा ठूलो गल्ति मुलुकमा गणतन्त्र आएपछि त्यसलार्य संस्थागत गराउन पनि संसदीय दलहरु, जंगलबाट आएको माओवादी र राजाबीचको संझौताको दस्तावेजका रुपमा संविधान आउनु पथ्र्यो, त्यो नुहुनु आजको दुर्भाग्य रहेको उनले बताए ।

पंचायतकालमा वडाध्यक्ष र प्रजातन्त्र वहालीपछि एमाले चरकिकोट गाविस निर्वाचन २०४९ मा उपाध्यक्षमा पराजीत उम्मेदवार हुँदै आलिहेसम्म एमालेमै आवद्ध रहेको एक कार्यकर्ता रहेको दाबी गर्दै उनले भने,‘हाम्रा राजनीतिक दल र नेतृत्व परिपक्व नभएकोले दिल्लिको हितमा १२ वुँदे संझौता र त्यसको परिणाम राजाको साथ हिन्दु खतम गरियो, संघीयता लादियो, सेनालाई कम्जोर गर्ने अनेक उपाय रचीयो र रचिदैछ । यो नै आजको सकटको जड हो ।’

‘गांउमा दाजु—भाई एक पटक अंशवण्डा गर्छन्, हाम्रा तीन दल नौ नौ महिनामा नाटकीय अंश बण्डा गर्छन् । त्यसबाट मुलुकमा परेको मार उनीहरुकै शब्दमा ‘राष्ट्र र जनता’ले भोग्नु परेको हुँदा हेर्न बांकी सेना नै हो ।

मैले सेनाप्रति आशा गर्नु वैशाख १२ र २९ गते गएको महाभूकम्प र खण्डहरमा परिणत भएको भर्नावशेषमा उसले गरेको सफल उद्धार एवं राहात नै रहेको उनले बताए । पूर्वजन्मको तपस्याको कारण मेरो बाहेक गांउका सबै घर हेर्दा हेर्दै सदाका लागि ढलेकोभन्दै भकानिए ।

भूकम्पमा सरकार र नेतृत्वको सून्य उपस्थितिमा सेनाको सकृय र सशक्त सहभागिताले तत्कालका लागि केही राहता भयो । अहिले सत्ता बण्डाका कारण भूकम्प पीडितलाई राहतमाभन्दा प्रािधकारको कार्यकारी प्रमुख कसलाई बनाउनेमा बिवाद राख्दै राजनीति गर्नेबाट अब आशा नभएको घिमिरेले बताए ।

झापा तोपगाछि वडा नं. १ निवासी ७६ बर्षिय परशुराम वास्तोला केन्द्रीय कोअर्डिनेशन कमिटिदेखि अहिलेसम्म साधारण सदस्यमात्र रहेको बताए । आफु एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नं. ७ को बासिन्दा समेत रहेकोभन्दै उनलेभने,‘यो मुलुकको लागि राजा महेन्द्र र बीरेन्द्रले धेरै राम्रा काम गरे तर नेताहरुमा कमैले राम्रा काम गरे ।

भिडियाे हेर्नुहाेस्

कम्युनिस्टहरु बिरुद्धको कु प्रचारको अन्त्य मनमोहन अधिकारी प्रधानमन्त्री भएर घोषणा गरको ‘नौ स’ले गर्यो भने यो मुलुको राष्ट्रियताको अडान ओलीले नै लिए । त्यसैले आजको बिरोधसभामा सहभागि भए ।’

राजा बीरेन्द्रमा रहेको ‘शान्तिको संदेस’ले नै उनको वंश नाश हुन पुगेकोभन्दै ती वृद्ध भकानिए । उनले भने,‘ विदेशीको डिजाईनमा प्मुख दलका मुठ्भिरका नेताहरुको स्वार्थमा लादिएको संघीयता, धर्मनिरपेक्षताका खेलाडिहरु जनताबीच चिनाईदिने कार्य नगरेसम्म यो देसमा शान्ति र सुव्यवस्थाको आशा गर्न सकिदैन ।’ यो वृद्धा अवस्थामा आइपुग्दा अपरिकल्पनिय सत्ता द्वन्द देखेको बताउदै उनले भने,‘ हाम्रा चौथो पुस्ता नाति÷नातिनीको उज्वल भबिश्यको लागि भए पनि एक पटक सेना हेर्ने यच्छा छ ।’

ओलीले राष्ट्रवादी धार सफल गराउन पनि नेपालको हितका लागि समर्पित सेनालाई अझै सशक्त, प्रभावकारी र संगठित बनाउने बिश्वास मैले लिएको छु ।’ ओलीको सफल नेतृत्वले गर्दा आगमी दिन एमाले पहिलो पार्टी हुने दाबी उनले गरे । एमाले मोहत्तारी सचिवालय सदस्य ३० बर्षिय कमला वाईवाले आफु चौथो महाधिवशेनको जनमोर्चा नेपाल हुँंदै एमालेमा आएको बताईन् ।

राजाको अन्त्यका नाममा आएको धर्मनिरपेक्षता र संघीयताले मुलुक खोक्रो बनाउँदै लगेको बुझाई । 

‘म परिवर्तनकारी हुँ, परिर्वतनलाई उल्ट्याउने कार्यमा सहमत हुन सक्दिन । अहिलेको अराजकता र अस्थिरताको जड गणतन्त्र, धर्मरिनपैक्षता र संघीयता होइन सत्ताका लागि प्रमुख दलहरुबीच चलेको नौ नौ महिने अंश वण्डा र मुलुक बनाउने सोच, साधन र स्रोतको कमिनै हो ।’ हाम्रा नेताहरु बेइमान भएको कारण मुलुकको राज्य व्यवस्था धारासायी हुँदै गएकोले यीनीहरुलाई जनताबीच दण्डित गर्न सक्नु पर्ने आक्रोस वाइवाले व्यक्त गरिन् ।

संघीयताको नाममा गांएमा प्रसस्त बजेट जाँदा महिला, मस्लिम, थारु, मधेसी, जाजाति, आदिवासी, अल्पसंख्यक लगायतको विकास भएको उनले बताईन् । विदेशी हस्तक्षेपभन्दा पनि हस्तक्षेपलाई सममान गर्नै कार्यको जड नै १२ वुँदे भएकोले त्यस्ता संझौता खोरेज गर्नु पर्नेमा वाइबाले जोड दिईन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.