बेसीसहरमा अन्नपूर्ण रोड सो
बेसीसहरः अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले लमजुङ सदरमुकाम बेसीसहरमा रोड सोको आयोजना गरेको छ । स्थानीयलाई अन्नपूर्ण पोस्ट्को ग्राहक अभियान र उपहार योजनाबारे अवगत गराउने उद्देश्यले ‘रोड सो’ को आयोजना गरिएको अन्नपूर्ण पोस्ट्का पश्चिमाञ्चल इन्चार्ज प्रमुख शिवहरी देवकोटाले बताए ।
अन्नपूर्ण पोस्ट्का बजार प्रतिनिधिहरूले स्थानीयको घरघरमा गएर ग्राहक अभियान र उपहार योजनाबारे अवगत गराएका थिए ।
अन्नपूर्ण पोस्ट्ले ग्राहकलाई लक्षित गरेर ल्याएको अभियानलाई बेसीसहरवासीले स्वागत गरेका छन् । ‘होम डेलिभरीसहितको सेवा र अन्य उपहार योजनाले हामीलाई लोभ्यायो, मनाङेचौतारास्थित होटेल सुपर भ्युका सञ्चालक सुरेश न्यौपानेले भने, ‘पत्रिकाहरू ग्राहकमैत्री बन्न सके ग्राहकको माया सधैं पाउँछन् ।’
अन्नपूर्ण पोस्ट्को उपहार योजनामा एक करोड २५ लाख पर्ने घर वा सो बराबरको रकम, सपिङ भौचर, स्मार्टफोन, ल्यापटप, ३२ इन्चको एलईडी टेलिभिजन, फ्रिज र ग्राहक बन्दा तत्कालै एक हजारदेखि सतप्रतिशत छुटको व्यवस्था छ । अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्न तीन हजार चार सय रुपैयाँ लाग्ने देवकोटाले जानकारी दिए ।
अन्नपूर्ण मिडिया गु्रपअन्तर्गत अन्नपूर्ण पोस्ट्, अन्नपूर्ण अनलाइन, एपीवान टेलिभिजन, रेडियो अन्नपूर्ण नेपाल र अन्नपूर्ण टुडे म्यागेजिन छन् ।
तस्विर क्याप्सनः अन्नपूर्ण पोस्ट्को रोड सोमा ग्राहक बन्दै बेसीसहरस्थित सुपर भ्यु होटेलका सञ्चालक सुरेश न्यौपाने ।