ऊर्जामन्त्री शर्मा पुगेपछिः १० वर्षमा बल्यो बिजुली

ऊर्जामन्त्री शर्मा पुगेपछिः १० वर्षमा बल्यो बिजुली

वीरगन्ज : आज त घर मात्रै होइन मनै उज्यालो भएको छ, १० वर्षको पर्खाइपछि घरमा बिजुलीबत्ती बलेपछि खुशीहुदै ठोरी ३ सरस्वतीनगरका धनप्रसाद फुयाँलले भने, ‘दश वर्षदेखिको सपना बल्ल आज साकार भएका छ, अब बल्ल हामी पनि यो देशको नागरिक हौं भन्ने महसुस भइरहेको छ ।’

विद्युतीय सेवा पुग्न नसकेको पर्सा जिल्लाको एक मात्र गाविस ठोरीमा दश वर्षपछि शुक्रबार बिजुलीबत्ती बलेपछि स्थानीय खुशीले गद्गद् भएका छन् ।

भारतीय सरकारको आर्थिक सहयोगमा पर्साको ठोरी र निर्मलवस्ती गाविसमा आर्थिक वर्ष २०६३÷०६४ सालमै विद्युतीकरणको काम सुरु भएको थियो ।

निर्मलवस्ती गाविसमा चार वर्ष पहिले नै विजुली बलेपनि ठोरी गाविसमा भने शुक्रबार उर्जामन्त्री जनार्दन शर्माले औपचारिक रुपमा विद्युतीकरणको उद्घाटन गरेपछि स्थानीयको घर घरमा बिजुलीबत्ती बलेको हो ।

ठोरीको सरस्वती चोकमा शुक्रबार आयोजित कार्यक्रममा उर्जामन्त्री शर्माले स्वीच थिचेर विद्युतीकरणको उद्घाटन गरेपछि स्थानीय महिला र पुरुष कार्यक्रमस्थलमै खुशीले नाचेका थिए ।

गाँउमा विद्युतको पोल गाडेर तार झुण्डाएको १० वर्ष भइसकेको थियो, ठोरी ८ का पदम बहादुर कुवँरले भने, ‘आज बल्छ भोलि बल्छ भन्दै १० वर्षसम्म कुर्नु पर्यो, तर १० वर्षदेखिको धोको बल्ल आज पुरा भयो, अब बल्ल हामी पनि यो देशको नागरिक हौं भन्ने अनुभूति गरिरहेका छौँ ।’

ठोरी गाविसमा कुल एक हजार तीन सय ८९ घरधुरी छन् । तर पहिलो चरणमा शुक्रबारदेखि तीन सय ८० घरधुरीमा मात्रै बिजुली बत्ती बालिएको छ ।

बाँकी घरधुरीमा छिट्टै अर्को चरणमा बिजुली बत्ती बाल्ने योजना रहेकोे नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटन कुमार श्रीवास्तवले बताए ।

शुक्रबार आयोजित विद्युतीकरणको उद्घाटन समारोहमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ठोरीमा बाँकी रहेका घरधुरीमा बिजुली बत्ती छिट्टै बाल्ने प्रतिबद्धता जनाए ।

ठोरी गाविसमा विद्युतीकरण परियोजना अन्तर्गत जडान गरिएका ट्रान्सफर्मरमा गत मंसिर २२ गते बत्ती बालेर परिक्षण गरिएको थियो ।

त्यसपछि प्राधिकरणले पहिलो चरणमा तीन सय ८० घरधुरीमा विद्युतीय मिटर जडान गरेको र शुक्रबार देखि औपचारिक रुपमा बिजुली बल्न सुरु भएको स्थानीय शिक्षक प्रेम लामाले बताए ।

ठोरीलाई सुगम पर्सा जिल्लाको दुर्गम गाविस भनिन्छ, लामाले भने ,‘तर अब बिजुलीबत्ती बलेपछि ठोरी उज्यालो मात्र भएको छैन , विकासका अन्य ढोकाहरु पनि खुलेका छन् ।

भारतीय सरकारको आर्थिक सहयोगमा निर्मलबस्ती र ठोरी गाविसमा आर्थिक वर्ष २०६३÷६४ मै निर्मल ठोरी विद्युतिकरण परियोजना सुरु गरिएको थियो ।

निर्मलवस्ती गाविसको परियोजना सकेर ठोरीमा आइपुगेको विद्युतिकरण परियोजनाको काम २०६८ सालमा भारतीय सुरक्षाफौज एसएसबिको अवरोधका कारण दुई बर्षदेखि रोकिएको थियो । भारतीय एसएसबीले विद्युतको पोल गाड्न खोजिएको ठोरीको सेते डांडा र ठुटे खोला छेउको जग्गा भारतीय भूमिमा परेको भन्दै पोल गाड्न र तार झुण्डयाउन अवरोध गरेको थियो ।
दुवै देशका अधिकारी बीचको छलफलमा एसएसबीले दाबी गरेको स्थान भन्दा पाँच सय पर नेपाल तर्फको भूमीबाट पोल गाड्न नेपाली पक्ष सहमत भएपछि पुन ठोरीमा विद्युतीकरणको परियोजना सुचारु भएको थियो । त्यसपछि विद्युत प्राधिकरणले पनि वास्ता नगरेपछि विद्युतीकरणको काम रोकिएको थियो ।

ठोरीमा सकृय राजनीतिक दल सम्मिलित प्रतिनिधी मण्डलले पटक–पटक उर्जा मन्त्रालयमा गएर गुहारेपछि गत भदौदेखि फेरि विद्युतीकरणको परियोजनाले तिब्रता पाएको र ठोरीमा बिजुली बत्ती बाल्ने १० वर्षदेखिको सपना शुक्रबार साकार भएको स्थानीय सर्वदलीय संयन्त्रका संयोजक रामप्रकाश कुवँरले बताए ।

ठोरीमा बिजुली बत्ती बाल्नका लागि सम्बन्धित निकाय गम्भीर नबनेपछि माथिल्लो निकाय मै पुगरे तत्काल कार्य थाल्न दबाव दिएपछि प्राधिकरणले तत्परता देखाएको स्थानीय सर्वदलीय संयन्त्रका संयोजक कुवँरले बताए ।

शुक्रबार ठोरीमा भएको विद्युतीकरणको उद्घाटन समारोहमा उर्जामन्त्री शर्माका साथै उर्जाराज्यमन्त्री सत्यनारायण भगत, उर्जा मन्त्रालयका सचिव एवम् नेपाल विद्युत प्राधिकरणका अध्यक्ष अनुप उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख पद्मकान्त झा, प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटन श्रीवास्तव, पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई, पूर्व स्थानीय विकास मन्त्री उर्मिला अर्याललगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.