भूसंरक्षण अधिकृत ६ दिनदेखि बेपत्ता
स्याङ्जाः जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम ६ दिनदेखि बेपत्ता छन् । प्रहरी, आफन्त र सरकारी निकायबाट गौतमको तीव्ररुपमा खोजतलास भइरहेको छ । तर, उनको अवस्था भने अझै अज्ञात छ ।
गएको सोमबार (१८ पुस) गते मध्यान्ह १२ बजेतिर आफ्नै कार्यालयबाट विभागतर्फ जाने भन्दै निस्केका गौतम विभागमा पुगेको खवर आयो । न त कार्यालयमा नै फर्केर आए !
अघिल्लो दिन (आइतबार) छोरीसँगको फोन वार्ताका क्रममा विभागको कामसहित आफू भोली (सोमबार) काठमाडौं आउने बताएका बावाको खवर केही नआएपछि खोजी गर्दा गौतम वेखवर रहेको खुल्न आएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए ।
करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख भइ काम गर्नु भएका गौतमको घर पर्वत भए पनि उनका परिवार हाल काठमाडौंमा बस्र्दै आएका छन् । उनका दुई छोरी एक छोरा र पत्नी छन् ।
प्रहरीले कल डिटेल मार्फत् खोजतलास गरिरहेको जनाएको छ । उनको मोवाइल टावरको संकेत अनुसार मुग्लिङमा देखाएको बताइएको छ ।