मुलुक अप्ठ्यारोमा परेको छः प्रधानमन्त्री

मुलुक अप्ठ्यारोमा परेको छः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देश अप्ठ्यारोमा परेको बताएका छन्।

शनिबार नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘म अप्ठ्यारोमा छैन। तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो। देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु।’

उनले मुलुकको समस्या समाधानका लागि राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताए। सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने,‘संविधान बनायौं। अब संविधानको सफल कार्यान्वयन गर्नुपर्छ।’

उनले संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए।

देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने आफ्नो कुनै मनासय नरहेको भन्दै उनले भने,‘हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो। राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.