बुढाथोकीलाई खुँडा प्रहार गरेको आरोपमा तरुण दलका नेता पक्राउ
नेपालगन्जः युवा संघ नेपालका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी माथि भएको खुकुरी प्रहारको घटना छानबिनका क्रममा तरुण दलका नेता दिगविजय जंघ राणालाई पक्राउ गरेको विरोधमा बाँकेमा बन्द आह्वान गरिएको छ ।
आइतबार बिहानैबाट नेपालगन्ज, कोहलपुर र खजुराका सडकमा युवा संघका कार्यकर्ता बसेर सडक अरुद्ध पारेका छन् । बन्दका कारण नेपालगन्ज, कोहलपुरमा सवारी साधान चलेका छैनन् । बजार बन्द छ । युवा नेता विवेक मल्लले राणालाई बदनियत पूर्ण रुपमा पक्राउ गरेकोले विना सर्त रिहाई गर्नु पर्ने बताए । उनले राणालाई रिहाई नगरेमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
गत पुष १४ गते राति युवा संघका केन्द्रीय सदस्य बुढाथोकी माथि बाँकेको कोहलपुरमा खुडा प्रहार भएको थियो । खुडा प्रहारबाट गम्भिर घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ ।
खुडा प्रहार गर्ने मु्ख्य अभियुक्त लक्ष्मण मल्ललाई काठमाण्डौमा प्रहरी पक्राउ गरेको छ । सो घटनामा संलग्नताको आरोपमा तरुण दलका बाँके नेता राणा लगायत आधा दर्जन अभियु्क्त कोहलपुर प्रहरी पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोलहपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश काफ्ले जानकारी दिए ।