हिमपातको मारमा कर्णालीबासी

हिमपातको मारमा कर्णालीबासी

सिमकोटः शनिबार रातिदेखि परेको हिमपातले कणालीबासीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला सदरमुकाम सिमकोटमा अहिले एक फिट भन्दा बढी हिउँ जमेको छ ।

हिँउ परेसँगै चिसो पनि बढेको स्थानीयबासीले बताएका छन् । यो वर्ष दोस्रो पटकको हिउँले सिमकोटमा निकै चिसो बढेको सहायक प्रमूख जिल्ला अधिकारी ऋद्धीप्रसाद सिटौलाले बताए । हिउँका कारण स्थानीयबासी घरबाहिर पनि निस्कन नसकेको सिटौलाले बताए ।

लिमीमा ३ इन्च जमेको छ भने एक गाउँदेखि अर्को गाउँ जाने सबै बाटा बन्द भएको लिमि जाङ्ग गाउँका स्थानीय छिमि तामाङ्गले बताए ।

हिउँ परेपछि सिमकोट तापक्रम माइनस १२ डिग्री सेल्सियस पुगेको सिमकोट विमानस्थलले जनाएको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसहरु बढी प्रभावित भएका छन् ।

चिसोले ट्युसन कक्षा रोकिए

हिमपातले एसएलसीको ट्युशन पढ्दै आएका विद्यार्थीहरु समेत निकै प्रभावित बनेका छन् । बिहान ६ बजेदेखि विभिन्न समुहमा सिमकोटमा ट्युसन पढाउँदै आएका मानसरोवर उच्च माध्यमिक विद्यालयका अंग्रेजी विषयका शिक्षक अमरबहादुर शाहीले हिमपातका कारण आजका कक्षा स्थगित गर्नु परेको बताए ।

हिमपातले चिसो निकै बढेपछि आफू बिहानको ट्युसन पढ्न नगएको मुगुको भिईदेखि सिमकोटमा टयुसन पढ्न आएका खेमराज बुमीले जानकारी दिए । हिउँ पर्न रोकिएपछि आज वेलुकाका कक्षा सूचारु हुने शिक्षक शाहीले बताए ।

जुम्लामा पनि हिमपात

आज बिहान देखि जुम्लामा समेत हिमपात भैरहेको छ । पत्रकार कृष्णमाया उपाध्ययका अनुशार खलङ्गा बजारमा अहिले ३ फिट हिउँ जमेको छ । हमिपातका कारण जुम्लाको तापक्रम समते माइनसमा पुगेको छ । हिउँ परेपछि आज जुम्लाको तापक्रम माइनस २ पुगेको बताइएको छ ।

लामो खडेरी पछि दोस्रो पटक परेको हिउँ मुगुको माथिल्लो क्षेत्रमा समेत परिरहेको छ । मुगु सदरमुकाम गमगढीमा भएका मुगु भिईका मनोज धामीका अनुशार ताल्चा बिमान स्थल देखि माथि अहिलेपनि हिमपात भैरहेको छ भने सदरमुकाम गमगढीमा सामान्य बादल मात्रै लागेको छ ।

उता डोल्पाको माथिल्लो क्षेत्रमा समेत हिमपात शुरु भएको छ । नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष विष्णुलाल बुढाका अनुशार डोल्पाको उत्तरी क्षेत्रमा भएका साल्दाङ्ग लगायतका दर्जन बढी गाविसमा हिजो राती देखि हिमपात भैरहेको छ । डोल्पा सदरमुकाम दुनैमा हिउँ नपरेपनि चिसो भने अत्याधिक बढेको बुढाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.