ग्लोबल आईएमई ११ औं वर्षमा

ग्लोबल आईएमई ११ औं वर्षमा

काठमाडौं: ग्लोबल आईएमई बैंक दशौं वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले विगत वर्षमा जस्तै विभिन्न कार्यक्रमको आयोजना गरेको छ । दशौं वार्षिकोत्सवका अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता बढाउन प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

'बचत गरौं' भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो । प्रभातफेरी कार्यक्रम कान्तिपथ शाखाबाट सुरु भएर दरवारमार्ग, घन्टाघर, रत्नपार्क, सहिदगेट, न्युरोडगेट, वीर अस्पताल, जमल हुँदै पुनः कान्तिपथ शाखामा पुगेर सकिएको थियो ।

सोही अवसरमा बैंकका अध्यक्ष चन्द्रपसाद ढकालले स्थापनाकालदेखि निरन्तर सेवा पुर्‍याइरहेका ३२ जना कर्मचारीलाई सम्मान गरेका थिए । बैंकले शुक्रबार बर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगोलागी पीडित तथा अति प्रज्वलनशील पदार्थबाट जलेर बिरामी परेका बालबालिकालाई ज्याकेट तथा खाद्यन्न वितरण गरेको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले पुस २१ गते शान्तिनगरस्थित निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धालाई खाना खुवाउनुका साथै कम्बल पनि वितरण गरेको थियो ।

यस्तै पुस १८ गते सोमबार रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको थियो । बैंकले ९१ शाखा, १०३ एटीएम, ६ वटा एक्टेन्सन काउन्टर, ४४ शाखारहित बैंकिङ सेवामार्फत देशभर सेवा पुर्‍याइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.