माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा

काठमाडौं: माछापुच्छ्रे बैक लिमिटेडको १८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । पुस २२ गते सम्पन्न साधारणसभामा बैंकले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यसैगरी बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयर धनीलाई हालको चुक्ता पुँजीमा २०.७५ प्रतिशत बोनस सेयर (कर प्रयोजनका लागी १.०९ प्रतिशत नगद लाभांश) पश्चात कायम हुने चुक्ता पुँजीको १२ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै सर्वसाधारण सेयर धनीहरूको तर्फबाट राममान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्वप्रकाश गौतम सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रक्रियामा रहेको हकप्रद सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी पाँच अर्ब ७९ करोड हुनेछ । साधारणसभाबाट पारित बोनस सेयर र हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी सात अर्ब ३९ करोड रुपैयाँ कायम हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ । साथै २०७३ असोज मसान्तसम्म ५८ अर्ब १३ करोड निक्षेप परिचालन गरी ४९ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । २०५७ सालमा पोखराबाट बैंकिङ कारोबार सुरु गरेको बैंकले ५६ शाखा, एक एक्स्टेन्सन काउन्टर, ७२ वटा एटीएममार्फत चार लाख ५० हजार ग्राहकलाई सेवा पुर्‍याइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.