नेपाल बंगलादेश बैंकको शाखा विस्तार
काठमाडौं: नेपाल बंगलादेश बैंक लिमिटेडले पाँचथरको फिदिममा ३९ औं शाखा विस्तार गरेको छ । शाखाको औपचारिक सुरूवात बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा फिदिम उद्योग वाणिज्य महासंघका अध्यक्ष मित्रप्रसाद काफ्लेको उपस्थितिमा बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेल तथा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले गरेका थिए ।
नयाँ विस्तार भएको शाखा पुस २२ गतेबाट सञ्चालनमा आएको छ । फिदिम शाखासहित बैंकले ३९ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ सेवा तथा ३७ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ । आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाससम्ममा बैंकको कुल निक्षेप ३९ अर्ब ६० करोड तथा कर्जा ३४ अर्ब २७ करोड छ । साथै यस अवधिमा बैंकले २२ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको छ ।