ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पाँचौं वर्षमा

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पाँचौं वर्षमा

काठमाडौं: काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापनाको चौथो दिवस मनाएको छ । अस्पताल सञ्चालनको चौथो वर्ष पूरा भएको उपलक्ष्यमा राजधानीको र्‍याडिसन होटेलमा संक्षिप्त कार्यक्रम गरी अस्पतालले स्थापना दिवस मनाएको हो ।

अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल पनि उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री थापाले सरकार ग्रान्डी जस्ता अस्पतालको साथमा सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए ।

उनले नेपालको स्वास्थ्योपचारका क्षेत्रमा ग्रान्डी अस्पतालले उदाहरणीय कार्य गरेको जिकिर गर्दै यस किसिमका अस्पताल आवश्यक रहेको बताए । सोही अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले आफू ग्रान्डी अस्पतालको सेवाबाट अत्यन्त प्रभावित भएको र यस किसिमका स्वास्थ्य संस्था मुलुकका लागि अपरिहार्य रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष ई. दीपक कुँबरले थुप्रै चुनौती र समस्यालाई पार लगाउँदै यो ठाउँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

देशको पहिलो ईएमएस सेवासहित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स तथा एयर एम्बुलेन्सको माध्यमबाट अस्पतालले आकस्मिक तथा नियमित सेवा दिइरहेको छ । अस्पतालको एउटै छानामुनि ३५ वटा विशेषज्ञ उपचार सेवाहरु उपलब्ध छन् । अलग अलग विधाका विशेषज्ञको सहज उपलब्धताले जटिलभन्दा जटिल बिरामीको उपचार संभव भएको अस्पतालले जनाएको छ ।

नेपालमा विश्वस्तरीय उपचार सेवा प्रदान गर्ने अस्पतालको आवश्यकता रहेका बेला चार वर्षअघि ग्रान्डी अस्पतालले आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो । चौथो वर्षमा प्रवेश गरिरहँदा स्वास्थ्य उपचारका क्षेत्रमा पुर्‍याएको योगदान तथा सेवाका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल २०१६ को उत्कृष्ट अस्पताल 'हस्पिटल अफ दि इयर २०१६' अवार्डबाट सम्मानित भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.