देव विकास बैंकलाई आस्वा स्वीकृति
काठमाडौं: नेपाल धितोपत्र बोर्डले देव विकास बैंक लिमिडेडलाई सार्वजनिक निष्कासनमार्फत धितोपत्र खरिद गर्न अनुमति दिनेगरी आस्वा प्रणालीका लागि स्वीकृति दिएको छ ।
धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका २०७३ बमोजिम बैंकले काठमाडौं उपत्यकाभित्र लालदरबार, नयाँसडक, बालाजु, पुरानो बानेश्वर, चावहिल, कोटेश्वर, काँडाघारी, बसुन्धरा, टंगल (ललितपुर), दुधपाटी (भक्तपुर) चितवनको नारायणगढ, टाँडी, खोलेसिमल, लंकु, गीतानगर, मंगलपुर, नवलपरासीको गैंडाकोट, दलदले, अरुणखोला, रूपन्देहीको खैरेनी, धादिङको मलेखु, मझुवा, चरौंदी, महादेववेसी, धार्के, काभ्रेपलान्चोकको बनेपा, धुलिखेल, पाँचखाल, कुन्ताबेसी सिन्धुपाल्चोकको सुकुटे, जलविरे, मेलम्ची, नुवाकोटको बट्टार, पर्वतको कुश्मा, फलेवासलगायतका ३६ वटा कार्यालयमार्फत धितोपत्र निष्कासन हुँदा लगानी कर्ताको दरखास्त संकलन तथा तत्सम्बन्धी सेवा प्रदान गर्नेछ । बैंकले धितोपत्र खरिदकर्ताका लागि यस प्रणालीअन्तर्गत उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।