हिमालयन बैंकको ३१ प्रतिशत बोनस

हिमालयन बैंकको ३१ प्रतिशत बोनस

काठमाडौं: हिमालयन बैंक लिमिटेडको २४ औं साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १.५७ प्रतिशत नगद लाभांशसहित ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी पाँच अर्ब ८४ करोड ८८ लाख ८८ हजार पाँच सय रुपैयाँ पुग्नेछ । साथै २३ औं वार्षिक साधारणसभाबाट पारित भई हाल प्रकृयामा रहेको हकप्रद सेयरपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २३ हजार पाँच सय रुपैयाँ हुने श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०७२÷७३ अन्त्यसम्म बैंकले ८७ अर्ब ३३ करोड निक्षेप संकलन गरी ६९ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ । बैंकले यस वर्ष विभिन्न पाँच स्थानमा नयाँ शाखा, थप एटीएम सेवा तथा टर्मिनल सेवा विस्तार गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.