भारतीय युवकको हत्या गरेका अभियुक्तलाई प्रहरीले गोली हानेर समात्यो

भारतीय युवकको हत्या गरेका अभियुक्तलाई प्रहरीले गोली हानेर समात्यो

वीरगन्ज : दुईजना भारतीय युवकको हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ।

पर्साको बिजबनिया गाविस वडा नम्बर ७ गढैया स्थित आफन्तको घरमा लुकेर बसेका बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ८ सेमरा तेगछीयाका बृज किशोर गिरीलाई प्रहरीले आइतबार साँझ गोली प्रहार गरि घाइते बनाएर नियन्त्रणमा लिएको हो ।

प्रहरीले हानेको गोली गिरीको बायाँ खुट्टाको घुडामुनि लागेको छ। उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रहरीको विशेष निगरानीमा उपचार भइरहेको छ ।विशेष सुराकीको आधारमा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडा , जिल्ला प्रहरी कार्यालय पर्सा र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीका प्रहरी निरिक्षक मन्जिल मुकारुमको नेतृत्वमा खटिएको प्रहरीको टोलीले गिरीलाइ पक्राउ गरेको हो।

बिजबनिया गाविस वडा नम्बर ७ स्थित ससुरालीमा नाता पर्ने अजय गिरीको घरमा लुकेर बसेका गिरीलाइ प्रहरीले पक्राउ गरेको हो। गिरीलाई पक्राउ गर्न पुगेको प्रहरीको टोलीलाइ स्थानीयले घेरा हालेर ढुङगामुढा गर्न थालेपछि प्रहरीले ६ राउण्ड गोली चलाएको र त्यो मध्येको एउटा गोली गिरीको खुट्टामा लागेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

करिब दुई सयको संख्यामा रहेका स्थानीय गाँउलेले प्रहरीलाई अवरोध गरेपछि त्यही मौकामा गिरी भाग्न थालेपछि प्रहरीले गोली चलाएको उनले बताए। गत पुष १३ गते बाराको हरैया गाविसमा पर्ने जंगलमा हत्या गरि फालिएको अवस्थामा दुइ जना भारतीय युवकको शव फेला परेको थियो।

हरैया गाविस वडा नम्बर १ मा पर्ने सहजनाथ मन्दिर भन्दा डेढ किलोमिटर उत्तरपुर्वमा रहेको जंगलको गोरेटो बाटोमा घाटी रेटेर हत्या गरेर फालिएको अवस्थामा भारत बिहारको पुर्वी चम्पारण आदापुरको लक्ष्मीपुर पोखरीया गाँउका १८ वर्षिय दिपक राम र उनका आफनै काका २८ वर्षिय अरुण राम रहेका छन्।

पुस ९ गते पहिले नेपालबाट फोन आएको छ भन्दै आफनो परिवारका सदस्यलाइ जानकारी गराएर भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा घरबाट हिडेका दिपक र अरुणको शव पुष १३ गते बारा हरैयाको जंगलमा भेटिएको थियो।

घटनास्थलबाट प्रहरीले एक थान छुरा पनि बरामद गरेको थियो । पुष १३ गते बाराको जंगलमा मृत अवस्थामा भेटिएका भारतीय युवकद्वय दिपक र अरुणको हत्यामा संलग्न रहेको आरोपमा बृजकिशोरलाइ आइतवार साँझ पर्साको बिजबनिया गाविसको गढैयाबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक जोशीले बताए ।
भारतीय युवकको हत्या बृजकिशोरले किन गरेको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच समाचार संकलनका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा आइतबार बेलुकी पुगेका सन्चारकर्मीसंग बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले दुव्र्यवहार गरेका छन् । अस्पतालमा उपचार गराइरहेका घाइते बृजकिशोर गिरीको तस्वीर खिच्ने क्रममा प्रहरी उपरिक्षक उप्रेतीले सन्चारकर्मीहरुसंग दुव्र्यवहार गरेका हुन् ।

प्रहरी उपरिक्षक उप्रेतीले सन्चारकर्मीहरुको क्यामेरा र मोबाइल जबरजस्ति खोसेर फोटो डिलेट गरिदिएका हुन् । हामी भोलि आफै पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्छौ , अहिले तपाइहरुले फोटो खिचेर छाप्न मिल्दैन , उप्रेतीले भने ,‘ अहिले नै फोटो खिचेर पत्रिकामा छाप्दा अनुसन्धान प्रभावित हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.