बन्चरेडाँडामा कहिले बन्ला कम्पोस्ट मल प्लान्ट ? (भिडियो रिपोर्ट)
काठमाडौंमा संकलन भएको सयौं टन फोहोर नुवाकोटको सिसडोलमा फालिन्छ । त्यसको व्यवस्थापनका लागि सरकारले आलटार बन्चरेडाँडामा कम्पोस्ट मल केन्द्र बनाउने योजना थियो तर, त्यो गफमै मात्र सीमित भएको छ ।
स्थानीय बिकास मन्त्रालय अन्तरगत फोहोर मैला ब्यवस्थापन प्राविधिक सहयोग केन्द्रको योजना कार्यान्वयन नहुँदा यो काम अलपत्र परेको हो ।
प्राविधिक सहयोग केन्द्रकै काम कछुवा गतिमा हुँदा एक दशक देखि अत्यधुनिक रुपमा बनाईने भनिएको बन्चरे ल्याण्डफिल्ड साइटको कुनै काम भएको छैन । अहिले काठमाडौं उपत्यकाको बिभिन्न ठाउँबाट संकलित दैनिक करिब एक हजार टन फोहोर टेकुमा जम्मा गरी बर्गिकरण नगरिकन एकै ठाउँमा मिसाएर सिसडोल ल्याण्डफिल्ड साईटमा फ्याकिन्छ ।
बन्चरे डाँडामा काम अघि नबढेको बिषयलाई गौण मान्दै प्राविधिक सहयोग केन्द्रले सिसडोलको क्षमता अझै दुइ तीन बर्ष रहेको बताँउछ ।
निर्धारित समयभन्दा एक दशकसम्म पनि फोहर फाल्न नरोकिएको सिसडोलमा अधिग्रहण गरी ल्याण्डफिल्ड साइट बनाउदा स्थानियलाइ दिने भनिएको सेवासुविधा समेत दिइएको छैन ।
सिसडोलवासीसँग गरिएको प्रतिबद्धता पूरा नभएको देखेका बन्चरेडाँडावासी कम्पोष्ट मल बनाउने प्लान्ट बन्नेमा पनि आशंका ब्यक्त गर्छन् ।
भिडियो रिर्पोट हेर्नुहोस्