बाँके दुई दिनदेखि ठप्प
नेपालगञ्ज: आफ्ना एकजना कार्यकर्ता पक्राउको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले दुई दिनदेखि बाँके जिल्ला बन्द गराइरहेको छ।
बन्दका कारण आइतबारदेखि नै यहाँ सवारी साधन चलेका छैनन्। बजारमा होटेल तथा अस्पतालहरुबाहेक सबै बन्द छन्। त्यस्तै स्कूलहरु पनि बन्द रहे। गाडी नचलेपछि सर्वसाधारण पैदल हिँडिरहेका छन्। बन्दकर्ताहरु सोमबार बिहानैदेखि बजारका सबैजसो पसलहरु बन्द गराउँदै हिँडेका छन्। उनीहरुले सडकमा रिक्सा, टाँगासमेत चल्न दिएका छैनन्।
साेमबार बिहानैदेिख बन्दकर्ता उग्र भएर ताेडफाेडमा पनि उत्रिएका छन् । उनीहरुले माेटरसाइकल, रिक्सा अनि ट्रकसमेत ताेडफाेड गरेका छन्।
केही दिनअघि कोहलपुरमा युवासंघका एकजना कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्नताको आरोपमा शनिबार प्रहरीले कोहलपुरबाट दिग्बिजय राणालाई पक्राउ गरेको थियो । राणा नेपाल तरुण दल बाँके क्षेत्र नम्बर-१ का अध्यक्ष हुन्।
उनी निर्दाेष भएको र उनलाई तत्काल रिहाइको माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो। रिहाइ नहुँदासम्म बन्द जारी रहने तरुण दलले जनाएको छ ।
उक्त घटनाको आरोपमा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ।
गत पुस १४ गते कोहलपुरमा युवासंघका एकजना कार्यकर्ता सन्तोष गोरे (बुढाथोकी)माथि खुकुरी प्रहार भएको थियो।