यामाहाको नयाँ सोरुम दमौलीमा पनि

यामाहाको नयाँ सोरुम दमौलीमा पनि

दमौलीः नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर सञ्चालनमा ल्याएको छ ।

एमएडब्लूले आफ्नो नयाँ डिलर मोडर्न अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस) को सुविधा दिनेछ । त्यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो माग पूरा गर्न दमौलीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सोरुमको उद्घाटन उद्योग वाणिज्य संघ तनहुँका कृष्णराज पण्डित र हाँस्य कलाकार सन्दिप क्षेत्रीले गरेका थिए । उद्घाटनका अवसरमा मोटरसाइकल स्टन्ट पनि देखाइएको थियो ।

‘विश्वमै परिचित ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महशुस गरेका छौं,’ मोडर्न अटो वक्र्सका प्रबन्ध निर्देशक बसन्त गिरीले भने, ‘यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन ।

सोरुममा हाइ-टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन छन् जसले मोटरसाइकलको गुणस्तरीय सेवा दिनेछन् ।’ नयाँ सोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटर उपलब्ध हुनेछन् ।

एमएडब्लूले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र आर थ्री उपलब्ध छन् । यामाहाका मोटरसाइकल तथा स्कुटरहरूमा प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.