एभरेस्ट बैंकको नयाँ एटीएम सोह्रखुट्टेमा
काठमाडौंः सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित एभरेस्ट बैंकले सोह्रखुट्टेमा नयाँ एटीएम सेवा सुरु गरेको छ ।
एभरेस्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग र सोह्रखुट्टेमा आफ्नो एटीएम सेवा सुरु गरेको हो । साथै बैंकले कर्पारेट धुनको पनि विमोचन गरेको छ ।
एभरेस्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटीएम तथा बृहत वाह्य सन्जालमार्फत उत्कृष्ट सेवा दिँदै आएको छ ।