ग्लुकोभिटाको फ्रि स्याम्प्लिङ
काठमाडोंः नेपालका लागि ग्लुकोभिटा बोल्टसका आधिकारिक बिक्रेता दयाल ट्रेडिङले विभिन्न स्कुलमा फ्रि स्याम्प्लिङ सुरु गरेको छ ।
कम्पनीले विगत एक वर्षदेखि आफ्नो उत्पादनलाई नेपाली ग्राहकसमक्ष ल्याएको हो । ग्लुकोभिटा बोल्टसलाई नेपालमा स्थापित गराई यसका विशेषतालाई सबैमा पुर्याउने उद्देश्यले एक सयभन्दा बढी विद्यालयमा फ्रि स्याम्प्लिङ गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्लुकोभिटा बोल्टसका ग्लुकोजले शरीरमा शक्ति र तन्दुरुस्ती प्रदान गर्दै मस्तिस्कलाई तेज बनाउँछ । ग्लुकोभिटा बोल्टसले तुरुन्त शक्ति दिने कम्पनीको दाबी छ ।
ग्लुकोभिटा बोल्टस सानो र सहज ट्युब प्याकमा उपलब्ध हुनाले यसलाई सजिलै पकेटमा लिएर हिड्न सकिने र एजर्नीको आवश्यकता पर्नेबित्तिकै प्रयोग गरेर शारीरिक स्फूर्ति बढाउन सकिने कम्पनीको भनाइ छ । ग्लुकोभिटा बोल्टस अरेन्ज र स्ट्रबेरीको स्वादमा उपलब्ध छ । यसको मूल्य २० रुपैयाँ तोकिएको छ ।