छिमेक लघुवित्त बैंकका जोशी सम्मानित

    छिमेक लघुवित्त बैंकका जोशी सम्मानित

 काठमाडौंः छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी सम्मानित भएका छन् ।

फोकस नेपाल संस्थाले जोशीलाई ‘विशेष सेवा सम्मान २०७३’ द्वारा सम्मान गरेको हो । जोशीसँगै संस्थाद्वारा विभिन्न विधामा सम्मानित हुनेलाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सम्मानपत्र प्रदान गरेका थिए ।

जोशीले लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ बरिष्ठ आर्थिक व्यवस्थापकका रूपमा सेवामा सक्रिय रहँदै आएको सम्मानपत्रमा उल्लेख छ । विभिन्न संघसंस्थामार्पmत उनले आर्थिक, सामाजिक र सेवामुलक क्षेत्रमा पुर्याएको योगदान चीर कालसम्म प्रशंसनीय र अतुलनीय रहने सम्मानपत्रमा व्यक्त गरिएको छ ।

जोशी २०५१ सालदेखि नेपालको लघुवित्त क्षेत्रमा क्रियाशील छन् । उनी छिमेक लघुवित्त विकास बैंकमा स्थापनाकालदेखि नै कार्यकारी प्रमुखको रूपमा कार्यरत छन् । छिमेक लघुवित्त विकास बैंकले हाल ६१ वटा जिल्लामा १२२ वटा शाखा कार्यालयबाट करिब तीन लाख गरिब तथा पिछडिएका परिवारलाई लघुवित्तका माध्यमबाट सेवा पुर्याइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.