एनएमबी बैंकको वार्षिक साधारणसभा
काठमाडौः एनएमबी बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सम्पन्न गरेको छ । बैंकले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सभा सम्पन्न गरेको हो ।
सभाबाटै बैंकले आर्थिक वर्ष २०७२/७३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने प्रस्तावसमेत प्रारित गरेको छ । बैंकमा अन्तर्राष्ट्रिय साझेदार एफएमओको २० प्रतिशत स्वामित्व छ ।
यस बैंकको बोनस सेयरपश्चात चुक्ता पुँजी ६ अर्ब ४६ करोड पुग्नेछ । बैंकले हाल ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।