संविधान संशोधन प्रस्ताव पारित हुन्छ: मन्त्री नायक

संविधान संशोधन प्रस्ताव पारित हुन्छ: मन्त्री नायक

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्।

मन्त्री नायकले भने,‘मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको थियो, हिजो संविधान संशोधन विद्येयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयोग रहेको छ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संशोधन विद्येयक संसदमा टेबुल भइसकेकोले यो अब प्रक्रियाबाट अघि बढ्ने बताए। उनले विद्येयकलाई पारित गराउन सरकार तत्पर रहेको स्पष्ट पारे। प्रस्ताव पारित गर्न दिँदैनौं भनेर प्रमुख प्रतिपक्षी दलले अडान राख्न नहुने जिकिर गर्दै मन्त्री नायकले भने,‘आन्दोलनरत मधेशी मोर्चालेपनि यो प्रस्ताव पारित गर्नको लागि सहयोग गर्नुपर्छ।’

उनले मुलुकलाई निर्वाचनको बाटोमा डोर्याउनको लगि पनि मधेशी, थारु, जनजाति, आदिवासी लगायत असन्तुष्टहरुका मागलाई संविधान संशोधन मार्फत सम्बोधन गर्दै सबैलई चुनावमा लैजानुपर्नेमा जोड दिए। मन्त्री नायकले भने,‘यो संशोधन विद्येयक टुँगोमा पुग्न एक महिना लाग्छ, हामी संशोधन प्रस्तावलाई सहमतिमा नै पारित गर्ने पक्षमा छौं, यो प्रस्ताव पारित हुन्छ, सके सहमतिमा नै पारित हुन्छ, नभएपनि दुई तिहाईले पारित हुन्छ।’

उनले विद्येयक पारित गराउनकै लागि सरकारले संसदमा टेबुल गरेको जिकिर गरे। आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकार त्यतातर्फ बढी केन्द्रीत रहेको उनको भनाई थियो।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले सरकारले संसदमा टेबुल गरेको संशोधन विद्येयकमा उल्लेख भएका सीमांकन र भाषाबाहेकका नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वको बारेमा छलफल गर्न आफूहरु तयार रहेको बताए।

पूर्वमन्त्री समेत रहेका नेता पाण्डेले संशोधन विद्येयकमा उल्लेख गरिएको सिमांकन हेरफेरको विषय असंवैधानिक भएको जिकिर गरे। उनले भने,‘सीमांकन हेरफेर गर्ने विषय संविधान विपरित छ, यो संविधानको धारा २७४ को विपरित छ, त्यसैले हामी यो विषयमा छलफल नै गर्न दिँदैनौं।’
उनले नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा छलफल गर्न दिएपनि यो संशोधन विद्येयक पारित हुन कुनै हालतमा नदिने ठोकुवा गरे। यद्यपी उनले अहिले संसद अवरुद्ध गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे।

मधेशी मोर्चाका प्रभावशाली नेता एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले सरकारले संशोधन विद्येयक संसदमा टेबुल गरेको कुरा आफूहरुको लागि स्वागतयोग्य रहेको टिप्पणी गरे। संशोधन विद्येयक टेबुल भएसँगै सहमतिको बाटो खुलेको उनको भनाई थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.