‘लोकमानलाई यत्तिकै छोड्न हुन्न, महाअभियोग लगाउनै पर्छ’
काठमाडौंः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले लोकमानलाई सर्वोच्चले पदमुक्त गरेपछि यतिकैमा हाईसञ्चो मानेर बस्न नहुने बताएका छन्। उनले लोकमानलाई संसदबाटै महाभियोग लगाउनुपर्ने बताए।
गुरुङ्ले भने,‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्छ, लोकमानले गरेका भ्रष्ट कार्य र काला कर्तुतहरुलाई महाअभियोग लगाएर छोड्नुपर्छ।’
उनले यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै आवश्यकत्ता नै नरहेको जिकिर गरे। सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उनले भने,‘म संशोधन विद्येयकको पक्षमा छैन, सर्वस्वीकार्यको नाममा संविधान संशोधन गर्ने कुरा अहिले सम्भव छैन, दलहरुवीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ।’
उनले एमालेजस्तो पार्टीलाई बाहिर राखेर वा सहमति नगरीकन संशोधन गर्नुको कुनै अर्थ नहुने जिकिर गरे।