मधेसीलाई संविधानको धारमा ल्याउन संशोधन प्रस्तावः पुन

मधेसीलाई संविधानको धारमा ल्याउन संशोधन प्रस्तावः  पुन

 

गुल्मीः नेकपा माओवादी केन्द्रका सचिव वर्षमान पुनले मेधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताएका छन् ।

प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले संविधानको स्वीकार्यता बढाउनु र निर्वाचनमा जाने मुख्य उद्देश्यले संविधान संशोधनको प्रस्ताव ल्याएको दाबी गरे ।

सरकारले संसदमा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दूरी घट्ने दाबी गर्दै नेता पुनले सरकार संसद्मा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्नु स्वभाविक रहेको धारणा व्यक्त गरे ।

संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानीय तहको निर्वाचनमा गए संविधानको कार्यान्वयन पनि अघि बढ्ने उउको भनाई थियो ।

नेता पुनले अब संविधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै निर्वाचन आयोगले आउँदो वैशाखको अन्तिमसम्म हुने गरी स्थानीय तहको निर्वाचनको मिति तय गर्ने तयारी भएको बताए ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने वातावारण बन्ने उनको तर्क थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.