पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त: उपराष्ट्रपति पुन

पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त: उपराष्ट्रपति पुन

काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन्।

‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका हुन्। सो पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ। पार्टीले अाइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो।

सो अवसरमा समसामयिक राजनीतिबारे कुराकानी भएको भेटमा सहभागी पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए। राप्रपाले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउनुभन्दा सबैको सहमति हुने गरी निकास खोज्न आग्रह गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.