'राजनीतिको प्रभाव दुध उत्पादन क्षेत्रमा पनि'

'राजनीतिको प्रभाव दुध उत्पादन क्षेत्रमा पनि'

दमकः राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगानाले राजनीतिक अस्थिरताको प्रभाव दुध उत्पादन क्षेत्रमा पनि देखिएको बताएका छन् ।

नेपाल डेरी एसोसिएसनले सोमबार झापाको दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक अस्थिरताले दुधको प्रशोदन गर्ने उद्योगहरु स्थापना हुन नसकेको बताएका हुन् ।

वर्षको कुनै एक समयमा दुधको उत्पादमा बृद्धि हुने र एक समयमा दुध उत्पादन घट्ने भएकाले यसलाई पाउडर बनाएर राख्ने उद्योगहरु पर्याप्त नहुँदा समस्या भएको उनकले बताए । पाउडर बनाउँदा उपभोक्ताले नकिन्ने समस्या रहेको बन्दै उनले भने-‘उपभोक्तामा चेतना नहुँदा शुद्ध दुधको पउडरबनाएर राख्दा समेत नकिन्ने समस्याले नेपाललाई दुधमा आत्मनिरभर बनाउन सकिएको छैन’ ।

नेपालमा अहिले ४८ हजार लिटर दैनिक दुध उत्पादन हुने भए पनि उद्योग तथा डेरीमा यसको १५ प्रतिशतमात्र दुध आईपुग्ने उनको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै उनले ग्रामिण भेगमा उत्पादन भएका दुध यातायात र पूर्वाधारको अभावमा डेरी सम्म पनि ल्याउन सक्ने अवस्था नरहेको जानकारी दिए ।

उनले आगामी तीन वर्ष भित्र देशलाई दुधमा आत्मनिरभर बनाउने सरकारको लक्ष रहेको समेत बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले दुध उत्पादनको क्षेत्रमा सरकार उदासीन रहेको आरोप लगाए ।

यसैबीच एसोसिएसनको १८ औँ वार्षिक साधरणसभा मंगलबार झापाको विर्तामोडमा हुने भएको छ । साधरणसभाले झापा घोषणापत्र जारी गर्ने एसोसिएसनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.