डाबर स्प्रेड द अभियान
काठमाडौः डाबर च्यवनप्राशको उत्पादक तथा बजार–व्यवस्थापन कम्पनी डाबर च्यवनप्राशले ‘स्प्रेड द वाम्र्थ’ अभियान सुरु गरेको छ ।
कम्पनीले जाडो मौसमलाई लक्षित गरी काठमाडौंका ३१ वटा विद्यालयमा ‘स्कुल इम्युनो च्याम्प २०१६’ कार्यक्रम सञ्चालन गरेको थियो । यो अभियानबाट डाबर च्यवनप्राशले स्वच्छ तथा सन्तुलित खानेकुरा, तातो पानी, सरसफाइमा ध्यान दिनुका साथै न्यानो लुगा लगाउनुपर्ने सन्देश विद्यालयमा पुर्याएको छ ।
डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट सिएनएन सुपर हिरो पुस्पा बस्नेतसँग सहकार्य गरी विद्यालयबाट लुगा संकलन पनि गरेको थियो । डाबर नेपालले संकलित लुगाको संख्या बराबर न्याना लुगा थप गरी अर्लि चाइल्डहुड डेभलप्मेन्ट सेन्टरलाई उपलब्ध गराएको छ । डाबर नेपालका बजार-व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले लुगा हस्तान्तरण गरेका थिए ।