क्लासिक टेक र एअरटेलबीच सम्झौता
काठमाडौः क्लासिक टेक प्रालि र एअरटेलबीच इन्टरनेट सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । एअरटेल र क्लासिक टेक फाइबर मिडिएमबाट जोडिएको इन्टरनेट सेवा भएकोले होप र ल्याटेन्सी कम हुने तथा व्यान्डविथ भिœयाउन सजिलो हुने कम्पनीको दाबी छ ।
योसँगै ग्राहकले इन्टर एस एमपीएलएस र आपीएलसी जस्ता लाभ लिन सक्नेछन् । क्लासिक टेकले एअरटेलमार्फत संसारको जुन सुकै कुनामा लिवज लाइन सर्भिस उपलब्ध गराउनेछ भने घरेलु ग्राहकले पनि सस्तो मूल्यमा भरपर्दो इन्टरनेट उपभोग गर्न पाउनेछन् ।
कम्पनीले नयाँ वर्ष २०१७ को अवसरमा १२ एमबीपीएस अनलिमिटेड इन्टरनेट उपलब्ध गराउने भएको छ । यसका वार्षिक ग्राहकलाई कम्पनीले प्रतिमहिना एक हजार नौ सय ९९ रुपैयाँमा सेवा उपलब्ध गराएको छ ।
साथै तीन एमबीपीएसम अनलीमीटेड सेवा लिनेले प्रतिमहिना एक हजार ९९ र ६ एमबीपीएस अनलीमीटेड सेवा लिनेले प्रतिमहिना एक हजार चार सय ९९ तिर्नुपर्नेछ । साथै कम्पनीले वार्षिक ग्राहकलाई जडान खर्च र फाइवर डिभाइस निःशुल्क उपलब्ध गराएको छ ।