एजली स्टाइलरको आकर्षण

एजली स्टाइलरको आकर्षण

काठमडौः एलजीको स्टाइलर गार्मेन्ट/कारखानामा कपडालाई तुरुन्तै तातो वा सुख्खा बनाउन प्रयोग गरिँदै आएको छ ।

स्टाइलरमार्फत उत्सर्जित/प्राप्त हल्का बाफले गार्मेन्टको स्वरुप तथा सौन्दर्यतामा परिवर्तन ल्याई फोहोरजन्य पदार्थ निष्कासन गर्न सहयोग गर्छ । यसले झुन्डयाएर राखिएका सर्ट, पाइन्ट, झोला, गार्मेन्टका सामानमा भएका धुलोलाई निकाल्न मद्दत गर्छ ।

यसको मद्दतले करिब २० देखि ४० मिनेटमा नै कपडामा भएका फोहोर निकाल्न सकिने भएको छ जुन लुगा धुन तथा कपडा सुक्न लाग्ने समयको तुलनामा निकै छोटो हो । यसले कपडामा टाँसिएर रहेका ब्याक्टेरिया र ढुसीलाई निकाल्नेछ ।

यसले रासायनिक तत्व वा पदार्थबिना कपडाको चमक बढाउँछ । यसबाट लुगा बिग्रिने, च्यातिने वा खुम्चिने जस्ता कुनै समस्या नआउने कम्पनीको दाबी छ । यसको प्रयोगले ३४ मीनेटभित्र कपडालाई सुख्खा बनाउँछ ।

यसले पाइन्टलाई आवश्यकता अनुसार चाउरी तथा मुजा पनि पार्छ । यो पातलो र दर्बिलो भएकाले जुनसुकै ठाउँमा राख्न सकिन्छ । यो भर्सटाइल र्याग, वाटर कन्टेनर, एरोमा किट, इन्टेरियर लाइट जस्ता विभिन्न स्वरूप बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.