ग्लोबल आईएमई र मास्टर कार्डबीच सम्झौता
काठमडौः ग्लोबल आईएमई बैंक र मास्टर कार्डबीच मास्टर कार्ड जारी गर्ने र प्राप्तिसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसन, साउथ एसियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात ग्लोबल बैंकले नेपालमा पहिलो पटक मास्टर कार्ड सुविधा पाउने भएको हो । मास्टर कार्डको प्रयोगबाट बैंकले आफ्ना ग्राहकलाई अझ बढी सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्नेछ ।
यस सम्झौतापश्चात मास्टर कार्डले ग्लोबल आईएमई बैंकलाई चाहिने सबै सुविधा प्रदान गर्नेछ । यस साझेदारीबाट बैंकलाई डेबिट, क्रेडिट र पैसारहित भुक्तानी प्रणाली लागू गर्न मद्दत गर्ने बैंकको विश्वास छ । बैंकले ग्राहकलाई सुरक्षित कार्ड सेवा प्रदान गर्न नयाँ प्रविधिको चिप कार्ड पनि ल्याइसकेको छ ।