नेपाल बंगलादेश बैंकको शाखा खैरहनीमा
काठमाडौः नेपाल बंगलादेश बैंक लिमिटेडले चितवन जिल्लाको खैरहनी ८ पर्सा बजारमा आफ्नो ४० औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका सञ्चालक अरुण श्रेष्ठ तथा गडिमाई ब्यारेकका सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक शान्तिकुमार कार्कीले गरेका थिए ।
खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा आइतबार भएको कार्यक्रममा बैंकको एटीएम पनि उद्घाटन गरिएको थियो । उक्त एटीएमको उद्घाटन मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले संयुक्त रूपमा गरेका थिए । खैरहनी शाखासहित बैंकले ४० शाखा, दुई एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बैंकिंङ सेवा तथा ३८ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।