एक सातादेखि हराएका अधिकृत गौतम झुन्डिएको अवस्थामा भेटिए

एक सातादेखि हराएका अधिकृत गौतम झुन्डिएको अवस्थामा भेटिए

स्याङ्जाः गएको सोमबार एकसातापछि कार्यालय फर्केर आउने वाचा गर्दे कार्यालयबाट निस्केका स्याङ्जाका भूसंरक्षण अधिकृत कमलप्रसाद गौतम सोमबार साँझ रामनगरको बनमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

रामनगरको बनमा दाउरा खोज्ने दाउरेले रुखमा झुन्डिएको अवस्थामा मानिसलाई देखेको भन्दै प्रहरीमा खवर गरेका थिए । उनका साथबाट पर्स र केही रकम, मोवाइल र उनको फोटो भेटिएको भरतपुरका प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिए ।

अघिल्लो सोमबार (१८) गते मध्यान्ह १२ बजेतिर आफनै कार्यालयबाट बिभागतर्फ जाने भन्दै निस्केका गौतम बिभागमा पुगेनन् । १९ गते (मंगलबार ) बिहान साढे ११ बजेसम्म मुग्लिङ बजारमा रहेकोे र त्यसपछि भने उनी वेखवर रहेको अनुसन्धानवाट खुलेको स्याङजा प्रहरी उपरीक्षक देवबहादुर वोगटीले बताए ।

पर्वत घर भएका गौतमका परिवार काठमाण्डौंमा बस्दै आएका छन् । करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख र्भै काम गर्नु भएका गौतमका २ छोरी १ छोरा र पत्नी छन् । घटना थाहा पाउने बित्तिकै उनका परिवार, आफन्त घटनास्थल पुगिसकेका छन् ।

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.