पूर्वाधार र पाठ्यक्रम भए विदेशी विद्यार्थी ल्याउने
काठमाडौः शैक्षिक परामर्श व्यवसायलाई मर्यादित बनाउन सरकारले व्यवसायीसँग मिलेर जानुपर्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् ।
शनिबार राजधानीको पुतलिसडकमा राइट पाथ करियर काउन्सेलिङको उद्घाटन गर्दै अध्यक्ष पाण्डेले सरकारले शैक्षिक परामर्श व्यवसालाई मेनपावर जस्तो व्यवहार गरिरहेको अवस्थामा शैक्षिक परामर्श व्यवसायीले पनि मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पाण्डेले पर्याप्त जानकारी राखेर विद्यार्थीलाई विश्वसनीय ढंगले परामर्श दिनुपर्ने बताए । कन्सल्टेन्सीका अध्यक्ष फिलिप डीसीले आफूले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई विद्यार्थीमा सेयर गर्दै उचित काउन्सेलिङ गर्ने बताए । कन्सल्टेन्सीबाट अस्ट्रेलिया, बेलायत, न्युजिलेन्ड, अमेरिका, क्यानडा, लाट्भिया तथा भारत जाने विधार्थीका लागि काउन्सेलिङ गरिन्छ ।