अपराधिक समूहको भिडन्तमा दुई भारतीय मारिएको खुलासा

अपराधिक समूहको भिडन्तमा दुई भारतीय मारिएको खुलासा

वीरगञ्ज : बाराको हरैया जंगलमा पुस १३ गते मृत अवस्थामा फेला परेका दुई भारतीय युवकको हत्या नेपाल र भारतीय आपराधिक समूहको भिडन्तमा भएको खुलेको छ ।

बाराको हरैया गाविस १ मा पर्ने सहजनाथ मन्दिर भन्दा डेढ किलोमिटर उत्तरपूर्वमा रहेको जंगलको गोरेटो बाटोमा घाटी रेटेर हत्या गरी फालिएको अवस्थामा भारत बिहारको पूर्वी चम्पारण आदापुरको लक्ष्मीपुर पोखरीया गाँउका १८ बर्षीय दिपकराम र उनका आफनै काका २८ बर्षीय अरुण रामको शव फेला परेको थियो ।

शव भेटिएपछि अनुसन्धन थालेको नेपाली प्रहरीको विशेष ब्यूरोले नेपालको गिरी बाबा र भारतको राजु नामक अपराधिक समूहको भिडन्तमा ती दुई भारतीय युवकको हत्या भएको बताएको छ ।

हत्या गरिएका दुवै युवक भारतीय राजु नामक अपराधिक समूहका रहेको प्रहरी श्रोतले जनाएको छ । हत्या संलग्न भनिएको नेपालको गिरी बाबा समूहका दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

पुस १५ गते प्रहरीले बाराको कलैया नगरपालिका वडा १० रंगपुरका मुजाहिर अन्सारीलाई र बाराकै महागढीमाई नगरपालिका वडा नम्बर ८ सेमरा तेगछीयाका बृज किशोर गिरीलाई पुस २४ गते पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये गिरी, गिरीबाबा समूहका नाइके रहेको बताइएको छ । १५ गते पक्राउ परेका अन्सारीले दिएको बयानका आधारमा प्रहरी र विशेष ब्यूरोको टोलीले गिरीलाई पर्साको बिजबनिया गाविस ७ गढैया टोलबाट गोली हानेर पक्राउ गरेको थियो । घुडा मुनि गोली लागेर घाइते भएका गिरीको अहिले चितवनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी श्रोतका अनुसार भारतमा अपराधिक घटना गराउनका लागि गिरी बाबा समूहले राजु नामक भारतीय अपराधिक समूहलाई १२ लाख रुपैया दिएको थियो । तर, काम नभएपछि गिरी बाबा समूहले पैसा फिर्ता मागेको थियो ।

पैसा फिर्ता गर्न नमानेपछि गिरी बाबा समूहले राजु समूहमा संलग्न भारतीय युवकद्वय दीपक र अरुणलाई बाराको जंगलमा बोलाएर हत्या गरेको प्रहरी श्रोतले जनाएको छ ।

भारतीय युवकको हत्याको घटनामा अरु पनि संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको भन्दै नेपाल प्रहरीको विशेष ब्यूरोका डिआइजी बमबहादुर भण्डारीले हत्यामा संलग्न रही फरार भएकाको खोजी भइरहेको बताए ।

डिआइजी भण्डारीले नेपाल र भारतका दुई अपराधिक समूहले कुनै अपराधिक घटना गराउने योजना बनाएको सूचना आफूहरुले पनि पाएको बताए ।

‘अनुसन्धानका क्रममा दुई देशका आपराधिक समूह बिच भिडन्त भएको भन्ने खुलेपछि हामीले चासो दिएका हौं, डिआइजी भण्डारीले भने, ‘अहिलेसम्म दुई जना पक्राउ परिसकेका छन्, अरु पनि यो घटनामा संलग्न छन्, उनीहरुको खोजी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.