संविधान संशोधन विधेयक पेशविरुद्ध गुल्मी फेरी आन्दोलित

संविधान संशोधन विधेयक पेशविरुद्ध गुल्मी फेरी आन्दोलित

गुल्मीः संविधान संशोधन विधेयक संसदमा पेश भएको बिरोधमा गुल्मी बन्द भएको छ । व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता भएसँगै बुधबार गुल्मी बन्द गरिएको संयुक्त आन्दोलन संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताए ।

श्रेष्ठले प्रादेशिक आन्दोलन अनुसार सदरमुकाम तम्घासको बालमन्दिरमा बिरोध सभाको आयोजना गरिएको पनि जानकारी दिए । ‘संशोधन प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलनमा छौँ’ उनले भने, ‘सरकारले जर्वस्जस्त प्रस्ताव पेश गरेकोले बन्द गर्नु पर्यो ।’

बन्दका कारण जिल्लामा छोटो तथा लामो दुरिका यातयात चल्न सकेका छैनन् भने उद्योगधन्दा,कलकारखाना र बजार बन्द भएका छन् ।

सरकारले संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश बाट पहाडी जिल्ला अलग गराउने निर्णयका बिरुद्ध यस अघि गुल्मी लगातार १९ दिनसम्म बन्द भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.