एचआईभी संक्रमित ४० जनाको मृत्यु
अर्घाखाँचीः अर्घाखाँचीमा ४० जना एचआईभी संक्रमितको मृत्यु भएको छ । महिला १३ र पुरुष २७ गरी ४० जनाको मृत्यु भएको हो । अर्घाखाँचीमा ७८ जना महिला र पुरुष ८२ गरी १ सय ६० जना सक्रमित छन् ।
‘धन पैसा कमाई परिवारलाई सुख दिने उद्देश्यले भारत गएका हाम्रा श्रीमानहरुले पैसाको सट्टा एचआईभीको भाइरस लिएर आउनुभयो', सक्रमित कबिताले भनिन्, ‘ अहिले आएर हामी औषधि उपचार कसरी गर्ने र साझ बिहानको छाक कसरी टार्ने भन्ने पिरलोमा छौ' ।
बच्चालाई कसरी लेख पढ गराउने भन्ने समस्या पनि उत्तिकै छ, उनले भनिन्, ‘यस्तो अवस्थामा पटक-पटक औषधि लिन जाने खर्च पुर्याउन पनि गाह्रो छ' । सक्रिमित लामो समय बाँच्नको लागि एआरभी र यसको सगै पोषिलो खाना खानु पर्ने हुन्छ ।
हालसम्म एचआईभी एन्टीबोडी भाइरसलाई निस्कृय गरि प्रतिरक्षा सक्ति बढाउनको लागि एआरटी औषधी जिल्लामा ६७ जनाले खादै आएको एचआइभीको क्षेत्रमा काम गर्ने सक्रिय सेवा समाजका टिम लिडर कृष्ण प्रसाद धितालले बताए ।
एचआईभी भन्ने वित्तिकै अझैपनि समाजमा डराउने, लाज मान्ने, नराम्रो व्यवहार गर्नेलाई मात्र एचआईभी हुन्छ भन्ने संकाले यसलाई लुकाएर बस्ने र अन्तिममा एकदमै ग्रस्त भइसकेपछि भिसिटी सेन्टरमा रगत परिक्षण गर्न आउने गरेको सक्रिय सेवा समाजका कपिलबस्तु संयोजक सुशीला बेल्बासेले बताए ।