अपराध अनुसन्धानको समीक्षा गर्दै प्रहरी
नेपालगन्जः अञ्चलभरका प्रहरी अधिकृतलाई भेला गरेर भेरी अञ्चल प्रहरी कार्यालयले अपराध अनुसन्धानबारे समीक्षा गरेको छ ।
नेपालगन्जमा भएको ‘अपराध अनुसन्धान कार्यसमीक्षा भेला'मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मध्य क्षेत्रीय प्रही कार्यालाय सुर्खेतका प्रहरी नायव माहनिक्षक माधवप्रशाद नेपालले प्रजातान्त्रिक समाजमा कानुनको शासन अपरिहार्य रहेको बताए । नेपाल प्रहरीको कानुनी कार्यान्वयनमा अग्रणी भूमिका रहेको उनको भनाई थियो ।
उनले अपराध अनुसन्धान र अभीयोजन कार्य मुख्य र चुनौती रहेकोले यस क्षेत्रको सुदृढिकरणको लगि अपराध अनुसन्धान कार्य तर्जुमा भइसकेको र बिशिष्टिकरण प्रणाली नेपाल प्रहरीले लागु गरिसकेको बताए ।
भेरी अञ्चल प्रहरी प्रमुख धीरु बस्न्यातले ‘बस्तुनिष्ठ अनुसन्धान, मानवअधिकारको सम्मान' भन्ने प्रहरीको अनुसन्धान सिद्धान्तलाई आत्मसात गर्दै जनताको सुरक्षासेवामा खटिन प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए ।
भेलामा सम्बोधन गर्दै प्रहरी प्रमुख बस्न्यातले यो भेलाबाट प्रहरीको अनुसन्धान संस्थागत हुने तथा कार्य शैलीमा थप सुधार हुने अपेक्षा पनि गरे ।
भेलामा नेपाल प्रहरीको अपराध अनुसन्धान र अभियोजन पक्षमा देखापरेका समस्या र चुनौतिको पहिचानबारे छलफल भएकाे थियाे । त्यस्तै भेलामा अपराधका मुद्दाको अबस्था, अपराधिक सुचना, घटित अपराध मध्ये उत्कृष्ट अनुसन्धानको नमूना तथा सफल अनुसन्धान हुन नसकेका घटनाको समीक्षा भएकाे थियाे ।
भेलामा अपराध अनुसन्धानका भाबी कार्य योजनालगायतका विषयमा छलफल भएको थियो । त्यस्तै विभिन्न जिल्लाबाट आएका प्रहरी अधिकृतले अपराध अनुसन्धानको अनुभव पनि साटासाट गरेका थिए ।
भेलामा पाँच जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान प्रमुखलगायत ५५ जना प्रहरी अधिकृतहरु सहभागी थिए ।