आतंककारी हात्ती नियन्त्रणमा आएन(भिडियाेसहित)
बर्दियाः दुई सातादेखि बर्दियाको राजापुर क्षेत्रमा आतंक मच्चाई रहेको हात्ती अझै नियन्त्रणमा आएको छैन । डार्टमार्फत हात्ती लठ्याउने औषधी पर्याप्त नहुँदा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले रातभरी फायरिङ्ग गर्दा पनि हात्ती नियन्त्रणमा लिन नसकेको हो ।
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग हात्ती लठ्याउने औषधी नहुँदा समस्या परेको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । उनले भने-‘औषधिका लगि निकुञ्ज विभागमा माग गरेका छौं तर नेपालमै औषधि नभएकाले जटिलता थपिएको हो ।'
विभागले ५ डोज जाईलोजीन नामक औषधी सहितको रवर प्लन्जर, निडिल पठाएको उनले बताए । त्यती औषधी प्रर्याप्त नहुने उनले प्रष्ट्याए ।
औषधिमार्फत आक्रामक हात्तीलाई शिथिल पार्दै कमजोर र अर्धचेत बनाएर हात्ती प्रभावित क्षेत्र सामान्य बनाईने गरिन्छ । उनले थपे–‘हात्तीले विगत दुईसातादेखि पाताभार गाउँ विकास समिति वार्ड नम्वर ३ को श्रीलंका टापु, ४ को राजीपुर र वार्ड नम्वर ७ को सरखोला भटेरा गाउँमा आक्रमण गरी ४० भन्दा बढी घर भत्काउँदा १४ परिवार विस्थापित बनेका छन् ।
भिडियाे हेर्नुहाेस्