संशोधन प्रस्ताव फिर्ता लिनुपर्छः नेतृ भुसाल
अर्घाखाँचीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राउने गरि ल्याइएको संशोधन प्रस्ताव सरकारले तुरुन्त फिर्ता लिनुपर्ने बताएकी छिन् ।
अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरोधमा भएको प्रर्दशनमा बोल्दै प्रस्ताप पारित हुने संभावना नरहेको बताइन् ।
अहिलेको समयमा मधेशवादी दलसहित सबै दलहरु एकजुट भएर स्थानीय निकायको चुनावमा लाग्नुको विकल्प नरहेको नेतृ भुसालले बताइन् । नेतृ भुसालले आन्दोलनमा आफ्नो पुर्ण समर्थन रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पुर्व सभासद डा. रामवहादुर बिसीले पहाडका जिल्ला गुल्मी, पाल्पा र अर्घाखाँची घर भए तराईका कपिलवस्तु र रुपन्देही आगन भएकोले सरकारले प्रदेश नम्बर ५ टुक्रयाउने गरी पेश गरेको संविधान संशोधन फिर्ता लिनुपर्ने बताइन् ।
तराई र पहाड घर र बेसीको युगौ युगदेखिको सम्बन्ध रहेकोले तराइबाट पहाड अलग हुनै नसक्ने बताउदै गुल्मी पाल्पा अर्घाखाँचीका अधिकांश जनताको बसोबास तराइसँग जोडिएकाले पनि यो सम्बन्धलाई कायम राख्नका लागी आफू लागि पर्ने उनको भनाई थियो ।
सङघर्ष समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले संशोधन प्रस्ताव सरकारले फिर्ता लिने विश्वास व्यक्त गरे । सरकारले पेश गरेको प्रस्ताव फिर्ता नगरेसम्म आन्दोलन सिंहदरबार केन्द्रीत बनाईने उनको भनाई थियो ।
नेकपा एमाले प्रदेशनम्बर ५ का सदस्य रामजीप्रसाद घिमिरेले सरकारले प्रदेश नम्बर ५ टुक्रयाउने गरी संशोधन प्रस्ताव पेश गरेपछि त्यसलाई थाती राख्दै सरकार चुनावतर्फ जान लागेकाले तुरुन्तै फिर्ता लिनुपर्ने बताउदै नेकपा एमालेले संशोधनको विपक्षमा मतदान गर्ने आफु विश्वास रहेको बताए ।