लायन्स क्लब अफ काठमाडौंद्वारा सहयोग
काठमाडौः लायन्स क्लब अफ काठमाडौंले मकवानपुरको बिकट गाउँ खैराङमा जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।
वर्षको ६ महिना खोलाको बाटो प्रयोग गरेर करिब ३–४ घन्टाको यात्रामा पुग्न सकिने उक्त स्थानमा बसोबास गर्दै आएका चेपाङ जातिका मानिसलाई क्लबले जाडोका लुगा र सिरक हस्तान्तरण गरेको हो ।
खैराङमा पुगेर क्लबले ८३ घरलाई पुग्ने सिरक तथा दुई सयभन्दा बढी घरलाई लत्ताकपडा वितरण गरेको छ । शनिबार सम्पन्न उक्त कार्यक्रमले त्यस स्थानमा बस्ने चेपाङलाई केही नभए पनि सहानुभूति हुने सहभागी मनोज न्यौपानेले बताए ।