बिदाइ भाषणमा भक्कानिए ओबामा

बिदाइ भाषणमा भक्कानिए ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नी मिसेल ओबामा र छोरीहरू मालिया र सासाको प्रशंसा गर्दै आँसु खसालेका छन् । अमेरिकाको सिकागोमा राष्ट्रपतिका रूपमा बिदाइ भाषण गर्ने क्रममा उनी यसरी भक्कानिएका हुन् । वैवाहिक जीवनको २५ वर्ष पूरा गरेका ओबामाले पत्नी मिसेलले आफ्नो जीवनको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको र धेरै खुसी दिएको बताए । 'तिमी मेरो श्रीमती र मेरा दुई छोरीको आमामात्र होइनौं, वेस्ट फ्रेन्ड पनि हौ', बाराकले भने ।

लगभग १८ हजार मानिस उपस्थित कार्यक्रममा सम्बोधन गर्ने क्रममा रुमालले आँसु पुछ्दै ओबामाले थपे, 'तिमीले मेरो जीवन धन्य बनाइदियौ । मलाई र मेरो देशलाई गौरवान्वित बनायौ ।' ओबामा दम्पतीका दुवै छोरी सिकागोमा जन्मेका हुन् । मालिया र सासाले सबै कुरा सिकागोबाट पाएको भन्दै त्यहाँ बिताएका पुराना दिनहरू स्मरण गरेका थिए ।

१८ वर्षीया मालिया बाबुको बिदाइ भाषणमा सहभागी थिइन् भने १५ वर्षीया सासा परीक्षाको कारण अनुपस्थित थिइन् । मालियालाई सम्बोधन गर्दै ओबामाले 'मलाई तिमीहरूको बाबु भएकोमा गौरव लागेको छ' भन्दा मालियाको आँखा रसाएका थिए । छोरीहरूकै कारण आठवर्षे ह्वाइट हाउस बसाइ रमाइलो भएको ओबामाको भनाइ थियो ।

सन् १९८९ मा पहिलो पटक भेट भएका बाराक र मिसेलले तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेका थिए । सिसेल ओबामाको प्रेग्नेन्सी फोटो कहिल्यै सार्वजनिक नगरेको भन्दै कतिपय पश्चिमा सञ्चारमाध्यममा मालिया र सासा ओबामा दम्पतीको सन्तान नभएको चर्चा भएको थियो । छोरीहरूकै कारण यी दम्पतीको सम्बन्धविच्छेद हुन लागेको निराधार हल्ला पनि चले पनि यसबारे उनीहरूले कहिल्यै मुख खोलेनन् ।

ओबामा दुई पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित पहिलो भाग्यमानी अश्वेत राष्ट्रपति हुन् । आफ्नो कार्यकालमा जति सफल र चर्चित रहे उनको बिदाइ भाषणको पनि त्यत्तिकै प्रशंसा भएको छ । उनको ठाउँमा स्थापित हुन लागेका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा भने उनले केही बोलेनन् । बरु आफूले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न चाहेको बताए । आफ्नो कार्यकालमा अमेरिका बलियो र सुदृढ भएको दाबी भने उनले गरे ।

आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनै पनि आतंककारी आक्रमण नभएको चीन, रसियाजस्ता प्रतिस्पर्धी मुलुकले अमेरिकाको विश्वमा रहेको प्रभावलाई बिथोल्न नसकेको पनि दाबी गरेका थिए ।एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.