क्वालिटीले चिनाएको 'भ्याली कोल्ड स्टोर्स'

क्वालिटीले चिनाएको 'भ्याली कोल्ड स्टोर्स'

भ्याली कोल्ड स्टोर्ससँग चिकेन किन्ने केएफसीले थिम्पुमा खोल्न लागेको केएफसी आउटलेटको लागि पनि चिकेन सप्लाई गरिदिन भनेको छ । तर भारत हुँदै चिकेन थिम्पु पुर्‍याउन पर्ने भएकाले ढुवानी लागत चर्को छ, यसैले सप्लाई गर्ने कि नगर्ने दोमनमा छौं । केएफसीले पहिले विदेशबाट चिकेन आयात गथ्र्यो, उसले खोजेको गुणस्तरको ग्यारेण्टी गरेपछि हामीसँग किन्न थाल्यो । धेरै पाँचतारे होटलमा भ्यालीकै चिकेन पाक्छ, कतै हाम्रो सप्लाई छैन भने हामीले नै नदिएका हौं-भुक्तानीको लागि ताकेता गर्नुपर्ने भएपछि ।

यो अवस्थामा आइपुग्न लामो संघर्ष गरिएको छ । नयाँ बजारको एउटा सटरमा २०३८ सालमा बुवासमेत तिन साझेदारले भ्याली कोल्ड स्टोर सुरु गर्नु भएको थियो । त्योबेला काठमाडौंमा रिङरोडबाहिर ब्रोइलर कुखुरा फार्म छ्याप्छ्याप्ती खुल्न थालिसकेको थियो । आम उपभोक्ता चिकेनमा खासै आकर्षित भैनसकेको अवस्थामा व्यापार सुरु भएको थियो । भ्याली कोल्ड स्टोर चाँडै खुद्राका साथै थोक बिक्रेता भयो, काठमाडौंका होटल/रेष्टुरेण्टको सप्लायर बन्यो । समयक्रममा के लाग्यो भने खोजेजस्तो क्वालिटीको चिकेन पसलमा आएन । साइजमा एकरुपता थिएन, अनेक साइजका चिकेन आउथे ।

अब क्वालिटीमा योगदान हुनेतिर व्यापार विस्तार गर्नुपर्छ भनेर बुवाहरुले दाना उद्योग खोल्नु भयो । तर दानाले मात्र त नहुने रहेछ, चल्लापनि क्वालिटीको चाहिने रहेछ । भ्यालीले चल्ला उत्पादन (ह्याचरी) मा लगानी गर्‍यो । क्रमशः किसानलाई भेटनरी सेवा आदि दिँदै आफूले किन्ने उत्पादनको गुणस्तर बढाउदै लग्यो । अहिलेपनि भ्याली कोल्ड स्टोरले चिकेन उत्पादन गर्दैन । किसानलाई चल्ला दिन्छ, फार्मिङका लागि आवश्यक सबै सेवा उपलब्ध गराउँछ । चिकेनलाई पानी ख्वाउने भाँडोधरी हामीले सुझाव/सप्लाई गर्छउ ।

यसरी उत्पादन भएको चिकेनको मार्केटिङपनि गर्दिन्छौ । तर उत्पादकले चिकेन हामीलाई बेच्ने बाध्यता छैन, मन लागेको ठाउमा बेच्न सक्छन ।

हामी छाती ठोकेर क्वालिटीको दावी गर्न सक्छौं । क्वालिटी एउटा तहबाट पाइने कुरा हैन । हाम्रो चल्ला उत्पादनदेखि क्वालिटी मेण्टेन भएको छ । चल्ला फार्ममा पुगेपछि भेटनरी प्राविधिकको निगरानीमा उत्पादन भएका हुन्छन । भेटनरी सर्टिफाइड नभई हामीकहाँ चिकेन आउदैन । फेरी तयार भएको चिकेन हामीकहाँ आएपछि व्यवस्थित स्लटर हाउस छ ।

प्रशोधित पानीमा चिकेन तयार पार्ने काम हुन्छ । काटेको चिकेन यसै छाडदिए ब्याक्टेरियाको संक्रमण हुनसक्छ । यसैले एकदम तापक्रम मेण्टेन हुन्छ । फ्रोजनमा स्टोर हुन्छ । प्याकेजिङ सामग्रीमा कुनै सम्झौता हुन्न । डेलिभरीका लागि ढुवानी गर्न इन्सुलेटेड बक्स/भ्यान हुन्छन ।

म २०५२ सालमा व्यापारमा छिर्दापनि ब्रोइलर चिकेन खासै आयात हुन्थेन । तर त्यो बेला चिकेनको खपतनै कम थियो । यसबीचमा चिकेनको माग बढेको छ, त्यसैअनुसार लगानी भएको छ । फार्मिङ र ह्याचरीको आधुनिकीकरण भएको छ । दाना उद्योगमा ठूलो लगानी भएको छ । गुणस्तर बढेको छ । ६० दिनमा १ किलोको चिकेन मुश्किलले तयार हुन्थ्यो, अहिले ३५ दिनमा २ किलोको कुखुरा तयार हुन्छ । ब्रिडको जेनेटिक विकास भएको छ ।

हामी चिकेन र अण्डामा आत्मनिर्भर छौ । तर, हाम्रो अवस्था कस्तो छ भने, मासु/अण्डाको उत्पादन घरेलु माग पुरा गर्न पर्याप्त छ । चल्लापनि पर्याप्त उत्पादन हुन्छ । दाना उद्योगको क्षमता बजारको डिमाण्डभन्दा बढी छ । तर अर्को पाटोपनि छ- दानाको लागि आवश्यक कच्चा पदार्थमा परनिर्भर छौं । दानामा प्रयोग हुने भटमास ९९ प्रतिशत आयात हुन्छ, ढुटो ५० प्रतिशत र तेल/तिलको पिना शतप्रतिशत आयात गर्नुपर्छ । चल्ला उत्पादनमा पनि आत्मनिर्भर छौं । तर चल्ला उत्पादनको प्रक्रिया भनेको चल्ला-प्यारेण्ट-ग्राण्ड प्यारेण्ट-ग्रेट ग्राण्ड प्यारेण्ट-प्योरलाइन-रिसर्च हुन्छ ।

हामी ग्राण्ड प्यारेण्ट उत्पादनसम्म मात्र पुगेका छौं । ग्राण्ड प्यारेण्ट ६० प्रतिशत माग घरेलु उत्पादनले धान्न थालेको छ, चाँडै ८० प्रतिशत धान्ने अवस्थामा पुग्छौं । तर ग्रेट ग्राण्ड प्यारेण्ट अमेरिकाबाट आयात हुन्छ । ग्रेट ग्राण्ड प्यारेण्ट उत्पादनमै तत्काल पुग्ने सम्भावना छैन, त्योभन्दा पछाडीको कुरै भएन । यसको कारण लागतअनुसार बजार तयार भइ नसक्नु हो ।

स्लटर हाउस

चिकेनको क्वालिटीका लागि आवश्यक शर्त स्लटर हाउस हो, जसको एकदम कमी छ । काठमाडौंमै भ्याली कोल्ड स्टोरको बाहेक व्यवस्थित स्लटर हाउस छैन । यसको निर्माणमा 'बोटल नेक' देखियो । स्लटर हाउसको लागि ठूलो लगानी चाहिन्छ, फेरी वातावरणिय कारणले सहरमा हुदैन । यसको लागि ७० रोपनीजति त जग्गा चाहिन्छ, बत्ती/पानी पर्याप्त हुनपर्‍यो । फोहर व्यवस्थापन गर्ने ठाउँ हुनपर्‍यो ।

अहिले अटोमेटिक स्लटर हाउस बनाउदा जग्गाबाहेक ५० करोड जति लगानी गर्नुपर्छ । तर स्लटर हाउस नभई भएको छैन । काठमाडौं उपत्यकाको लागि ३/४ स्लटर हाउस जरुरी भइसक्यो । पोखरा, चितवन लगायतका ठूला बजारका लागि पनि एक/एक स्लटर हाउस चाहिन्छ । यसको लागि सरकारले प्रोत्साहन नीति नल्याई हुन्न । सरकारले जग्गा दिए लगानीकर्ता अघि सर्थे ।

लगानी

भ्याली ग्रुपको विज्ञता पोल्ट्रीमा छ, ब्रोइलर बेच्नुनै अभियान हो । यसैले यसबाहिर लगानीको योजना छैन । यसमै विविधीकरणको धेरै स्पेश छ । मस्र्याङदीमा ह्याचरीको ठूलो योजना निर्माणाधीन छ, यसबाट हप्तामा १ लाख २० हजार चल्ला उत्पादन हुनेछ । गएको अक्टुबरमा लञ्च भएको मेशिन लगाउदैछौं । मस्र्याङदीमै अण्डा उत्पादनको प्रोजेक्ट सञ्चालनमै छ । ब्रिड रिसर्च फार्म सुरु गरिएको छ ।

सुरुमा मासु बेच्यौं, पछि चिकेनबाटै 'रेडी टू कुक' मःम, ससेज आदि उत्पादन गर्‍यौ । ग्रिल्ड चिकेन बेच्न थाल्यौं । चिकेनकै कुक्ड आइटममा पनि परीक्षण गरौं भनेर हामीले भ्याली एक्सप्रेस सुरु गर्‍यौ । सुरुमा चितवनमा आउटलेट खोलेर हामीले १ वर्ष रिसर्च गरी रेसिपी विकास गर्‍यौं । स्वाद/क्वालिटीमा ढुक्क भएपछि नयाँबजारमा आउटलेट खोल्यौं । पछिल्लो महाराजगन्जमा खोलिएको छ । कुक्ड आइटममा पनि ग्राहकलाई सन्तुष्ट पारेका छौ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.