३३ किलो सुन तस्करीमा भन्सारका कर्मचारीकै हातः दुई पक्राउ

३३ किलो सुन तस्करीमा भन्सारका कर्मचारीकै हातः दुई पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३३ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा विमानस्थल भन्सारका दुई कर्मचारीलाई पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सारका श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई पक्राउ गरेको हो।

अघिल्लो बिहीबार अवैध रुपमा दुबईबाट भित्रिएको सुन विमानस्थल भन्सारबाट पास भएपछि प्रहरीले भन्सारका कर्मचारीमाथि निगरानी बढाएको थियो। ३३ किलो सुनसहित तीन जनालाई सीआईबीले गत बिहीबार पक्राउ गरेको थियो । बिहीबार भने भन्सार अधिकारीलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

३३ किलो सुन बरामद घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धानका सबै पद्धति अपनाई जरैसम्म पुगेर कारोबारीलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यो घटनामा संलग्न केहीलाई बुधबारमात्रै नियन्त्रणमा लिएको सीआइबीले आवश्यक परे पोलिग्राम परिक्षण समेत गर्ने जनाएको छ ।

सीआइबीका प्रमुख डीआइजी नवराज सिलवालले मुख्य कारोबारीलाई कारबाहीको दायरामा ल्याउन सबै खालको अनुसन्धान पद्धति अपनाइने बताए । सीआइबीले भन्सारमा खटिएका कर्मचारी र पक्राउ परेका अभियुक्तको फोन रेकर्ड समेत हेरेको छ । मुख्य गरी सुन लिएर आएका नेपालगंजका गोपालबहादुर शाहीको भूमिका शंकास्पद देखिएपछि सीआइबीको अनुसन्धान उनीतर्फ केन्द्रीत भएको छ ।

शाहीले पटकपटक आपूm सुन बोकेर आए पनि भन्सारको सेटिङमा विमानस्थलबाट सुन उम्काउन सफल भएको बयान दिएपछि प्रहरी अनुसन्धान उनीतर्फ मोडिएको हो । ३३ किलो सुन एक रात विमानस्थलमै होल्ड भएकाले सूचना चुहिएको दावी प्रहरी हिरासतमा रहेका शाहीले बयान दिएका छन् ।

सीआइबीले नेपालमा यसअघि सुन तस्करीमा जोडिएका नेता र व्यापारीको ‘लिंक’ समेत यो घटनामा जोडेर अनुसन्धान सुरु गरेको छ । ‘३३ किलो सुन सानो आँटले तस्करले विमानस्थलबाट कटाउन सफल भएका होइनन्, यसमा ठूलै गिरोहको संलग्नता रहेकोमा दुविधा छैन, तर को को संलग्न हुन् भन्ने मुख्य कुरा हो, सिआइबीले ती सबै गिरोहलाई कारबाहीको दायरमा ल्याउँछ,’ डीआइजी सिलवालले भने ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बुधबार संसद्को राज्य व्यवस्था समितिमा सुन कस्का लागि ल्याइएको हो, कस्ले ल्याएको हो र यसमा कोको संलग्न छन्, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउन सीआइबीलाई सबै सहयोग गर्न आफू तयार रहेको बचन दिएपछि सीआइबी अनुसन्धानमा हौसिएको छ । निधिले अपराधी पत्ता लगाउन थप सहयोग र कानुनी अधिकार प्रयोग गर्न सीआइबीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री र मुख्यसचिवले समेत सुन बरामद घटनामा चासो लिएपछि सीआइबीलाई तस्करको जालो पहिल्याउन थप दबाब परेको छ । स्रोतका अनुसार विमानस्थलका उच्चपदस्थ कर्मचारी र सुरक्षा अधिकारीको सेटिङमा सुन उम्काउन आफु सफल भएको बयान शाहीले प्रहरीलाई दिएका छन् ।

शाहीले प्रहरीलाई सुनका नेपाली कारोबारीको बारेमा थप जानकारी दिन आनकानी गरेका छन् । सीआइबीले भन्सारका कर्मचारीलाई समेत बयान लिने भएको छ । गत बुधबार र बिहिबार भन्सारको मुख्य जिम्मेवारी पाएका अधिकृतदेखि सहयोगीसम्मलाई छुट्टाछुट्टै बयान लिने र थप आवश्यक परे पोलिग्राम समेत टेष्ट गर्ने सीआइबीले जनाएको छ ।

बुधबार पक्राउ परेका व्यक्तिका बारेमा डीआइजी सिलवालले खुलाउन चाहेनन् । उनले भने, ‘अहिले कोको पक्राउ परे भन्न मिल्दैन, हामीले पक्राउ परेकाको लिंक खोजीरहेका छौं, सुनसँगै सम्बन्धित अर्को अप्रेशन गर्ने तयारीमा छौं, अनुसन्धानमा रहेको सबै कुरा बोल्न मिल्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.