मेसीको फ्रि किक गोलमार्फत् बार्सिलोना क्वार्टरफाइनलमा

मेसीको फ्रि किक गोलमार्फत् बार्सिलोना क्वार्टरफाइनलमा

म्याड्रिड : लियोनल मेसीले फ्री किकमार्फत आकर्षक गोल गरेपछि साविक विजेता बार्सिलोना दोस्रो लेग खेलमा एथलेटिक बिल्बाओलाई ३–१ गोलले हराउँदै कोपा डेल रे फुटबल प्रतियोगिताको कवार्टरफाइनलमा प्रवेश गरेको छ ।

बार्साले बिल्बाओलाई समग्रमा ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । बार्सा पहिलो लेगमा भने बिल्बाओसँग २–१ ले पराजित भएको थियो ।

घरेलु मैदानमा बार्सालाई आवश्यक नतिजा दिलाउन स्ट्राइकर लुइस स्वारेज, नेमार र मेसीले गोल गरे । बार्सालाई ३५औं मिनेटमा स्वारेजले १–० ले अघि बढाएका थिए । नेमारको क्रसमा भली सट्मार्फत स्वारेजले गोल गरेका थिए । त्यसपछि नेमारले तीन महिनादेखिको आफ्नो गोलको खडेरी टार्दै ४८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । त्यसको तीन मिनेटपछि सबोरिटले बिल्बाओका लागि गोल गरेपछि बार्सा फेरि दबाबमा परेको थियो ।

तर ७८औं मिनेटमा मेसीले फ्रिकिकमार्फत आकर्षक गोल गरेपछि बार्सा प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भयो । मेसीले बार्साका लागि पछिल्लो तीन खेलमा लगातार निर्णायक फ्रिकिक प्रहार गरेका हुन् ।

‘मेसी टोलीका लागि सधैं निर्णायक प्रदर्शन गर्छन्’, बार्साका लागि २६औं फ्रिकिक गोल गरेका मेसीका बारेमा प्रशिक्षक लुइस एनरिकले भने, ‘म उनी अझै धेरै वर्ष हामीसँगै रहून् भन्ने चाहन्छु । उनीभन्दा उत्कृष्ट खेलाडी अरू छैनन् ।’

नेमारले भने ११ खेलपछि टोलीका लागि गोल गरेका हुन् । तीन वर्षअघि बार्सामा आबद्ध भएयता पहिलोपटक लामो समय गोल गर्न नसकेका नेमारले पेनाल्टी प्रहारमै भए पनि गोल गरे । नेमार गत अक्टोबरमा च्याम्पियन्स लिगअन्तर्गत इङ्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध गोल गरेयता गोलविहीन बन्दै आएका थिए । यसै खेलबाट नेमार, स्वारेज र मेसीले बार्साका लागि समग्रमा तीन सय गोल कटाएका छन् ।

यी तीन स्ट्राइकरले सँगै खेल्न सुरु गरेयता बार्साका लागि तीन सय दुई गोल गरेका छन् । बार्सा यो सिजन कोपा डेल रेको लगातार तेस्रो र समग्रमा २८औं उपाधिको तयारीमा छ । रियल सोसिएडाड, आल्भेस र दोस्रो डिभिजनको अल्कोर्कोन पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.