ग्रिन लिभ्सः सलादमा क्रान्ति

ग्रिन लिभ्सः सलादमा क्रान्ति

रमाइलोमा समय बितेको त धेरैलाई पत्तै नहोला ! तर धैर्य र संघर्षमा बिताइएको २० मिनेट पनि निकै लामो लाग्ने गर्छ । नारायणहिटी दरबारको उत्तरढोकापट्टि दुलहीजस्तै सिंगारिएको एउटा भवन छ जहाँ प्रवेशद्वारमा लेखिएको छ ‘ग्रिन लिभ्स' ।

भित्र पस्दै गर्दा लाग्छ यो कुनै उत्सवका लागि चिटिक्क पारिएको ‘पावन स्थल' हो । होटेल, रेस्टुराँ व्यवसाय गर्ने सोच बनाएकाहरूको आँखा ग्रिन लिभ्समा पर्ने हो ‘यस्तै' रेस्टुराँ सञ्चालन गर्ने उसको परिकल्पना हुन सक्छ ।

धैर्यको एउटा अध्याय पूरा गरेरमात्रै ग्रिन लिभ्सको जन्म भएको कथा धेरैलाई थाहा नहुनसक्छ । जीवनका १८ वर्ष नाङ्लोमा बिताएका गजेन्द्र नेपालले थप दुई वर्ष तबेलामा नङ्ग्रा खियाएपछि ग्रिन लिभ्सको परिकल्पना तयार भएको हो । बिहान ५ बजेदेखि मध्यराति १२ बजेसम्म बगाएको पसिनाबाट सँगालेको अनुभवले यो आकार लिएको धेरै कमलाई थाहा होला ।

बिनाअनुभव देखासिखीमा केही गर्न खोज्नेहरू नै असफल हुने सूत्र बुझेका सञ्चालक नेपालले आफूजस्तै अनुभवी गणेशमान बलामी, गणेश कार्कीहरूलाई साथ लिएर ग्रिन लिभ्स स्थापना गरेका हुन् । हेड सेफको जिम्मेवारी सम्हालेका गणेशमानले होटेल म्यानेजमेन्टमा डिप्लोमा मात्रै गरेका छैनन्, उनले देश विदेशमा गरेर जीवनका २२ वर्ष यही क्षेत्रमा गुजारेका छन् ।

‘राजधानीमा कि त निकै हाइफाई वर्गका लागि होटेल रेस्टुराँ छन्, या त सामान्य खालका', सञ्चालक नेपालले भने, ‘हामीले महिनाभरि दुःख गरेर महिनामा एकदुई पटक स्तरीय रेस्टुराँमा खान चाहनेलाई पनि लक्षित गरेर ग्रिन लिभ्स स्थापना गरेका हौं ।'

ग्रिन लिभ्स नामजस्तै ग्रिन अर्थात् हरियोका लागि स्थापित छ । वातावरणीय हरियाली होस, सलाद होस् या मसला ग्रिन यो रेस्टुराँको मौलिकता हो । हरेक खानामा हर्बलको प्रयोग गरिनु यसको आफ्नोपन हो ।

‘पाँचतारेमा पनि खाना खाएको छु', बार्दलीमा बसेर स्वाद लिँदै गरेका राजाराम आलेले भने, ‘तर यहाँको शुद्धता, स्वाद र पस्कने तरिकाले मलाई फ्यान बनाएको छ ।' ग्रिन लिभ्स मध्यान्हबाट मात्रै खुल्छ उनको सुझाव छ, बिहानको ब्रेकफास्ट पनि सुरु गरिए यो परफेक्ट रेस्टुराँ हुनेछ । तारे होटेलको तिर्खा यही मेटिनेछ ।

सुन्दरमात्रै होइन शान्त र पारिवारिक वातावरणमा मीठो बोली व्यवहारसहितको सर्भिस यहाँको न्यानोपन हो । खानाको दुनियाँमा सलादमा ‘क्रान्ति' ल्याउनु आफूहरूको उद्देश्य भएको हेड सेफ बलामीले बताए । धनियाँदेखि लेमनग्राससम्मको प्रयोग गरेर बनाइने परिकारमा पाहुनाको गहिरो रुचि हुने गरेको उनको दाबी छ । ग्रिन लिभ्सको मेन्युमा सबै देशको परिकार अटाएको छ ।

नेपाली मौलिक खाना, चाइनिज, इन्डियन, कन्टिनेन्टल, थाई, इटालीलगायत पाहुनाले अर्डर गरेको हरेक परिकार पस्कन सक्ने विशेषता ग्रिन लिभ्समा पाइन्छ ।

आफूहरूले क्वालिटी, क्वान्टिटी र टेस्टलाई मूल मन्त्र बनाएको अध्यक्ष गणेश कार्कीले बताए । सधैं एउटै स्वाद, परिणाम र शैलीले पनि आफूलाई आकर्षण गरेको रेश्मा डंगोलले बताइन् । यहाँको अर्को विशेषता स्तरीय स्वाद र शैली पनि सस्तोमा पाइनु भएको उनको भनाइ छ ।

राजधानीमा कि त निकै हाईफाई वर्गका लागि होटल रेस्टुँरा छन्, या त सामान्य खालका । ग्रिन लिभ्स महिनाभरी दुःख गरेर महिनामा एकदुई पटक स्तरीय रेष्टुँरामा खान चाहनेलाई पनि उपयुक्त रोजाइ हो । 

उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिँदै ग्रिन लिभ्सले सिजर सलाद, चिकेनवाल ड्रप सलाद, मेडिट्रेन सलाददेखि डेस्पेसल रोजाइमा सुप पस्कने गरेको छ । लाइट खानामा बर्गरका विभिन्न परिकार, सेन्डविच, क्रिप्सी, र्‍याप्स, विदेशी खानामा पास्ता, पिज्जा, डिपफ्राई परिकार, ग्रिल, सिजलर, भारतीयमा कबाबका विभिन्न परिकार, टिक्का, बिर्यानी पस्कने गरेको सेफ रमेश बलामीले बताए ।

ग्रिन लिभ्सले आफैं उत्पादन गरेको मसला र सस प्रयोग गर्ने भएकाले पनि यहाँको खाना ढुक्कसँग खान सकिने दाबी सञ्चालक नेपालको छ । सुसज्जित र पारिवारिक सुन्दर वातावरणमा मध्यमस्तरसम्मको पार्टी तारेहोटेल स्तरमा गर्ने वातावरण ग्रिन लिभ्सले जुटाएको छ । पारखीहरूका लागि साँझपख देशी विदेशी पेयपदार्थको स्वाद आनन्दसँग लिन पाउनु यहाँको विशेषता हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.