कोमल हातका लागि मेनिक्योर

कोमल हातका लागि मेनिक्योर


हात र औंलाको हेरविचार गर्ने विधिलाई मेनिक्योर भनिन्छ । मेनिक्योर ल्याटिन शब्द हो । यस विधिले हातलाई कोमल बनाउँछ । आफ्नो हात राम्रो र कोमल बनाउने हरेकको चाहना हुन्छ । त्यसका लागि मेनिक्योर राम्रो उपाय बनेको छ ।

मेनिक्योरलाई सजिलो तरिकाले घरमै गर्न सकिन्छ । यसले हातको चाउरीपनलाई समेत ठीक पार्छ । हातको थकानलाई हटाएर रिल्याक्स बनाउँछ । जाडो महिना भएकाले हात फुट्ने समस्याले सताउने हुँदा सातामा घटीमा एक पटक मेनिक्योर गर्न सके हातलाई सुन्दर र कोमल बनाउन सकिन्छ ।

मेनिक्योर गर्न आवश्यक सामग्री


. प्लास्टिकको बाटा, प्लास्टिकको सानो कचौरा, हाइड्रोजन पेरोअक्साइड, डिटोल, ग्लिसिरिन, स्याम्पु, कागतीको रस, साबुन, नुन, टाबल, नेल ब्रस, नेल पलिस रिमुभर, कपास, मसाज क्रिम, नेल फाइलर, मेनिक्योर सेट, बेकिङ सोडा

मेनिक्योर गर्ने तरिका

. पानी र साबुनको सहायताले हातलाई राम्रोसँग धुने र सफा टावलले पुस्ने । त्यसपछि नेल पलिस रिमुभरले नङमा लगाएको पालिस पुस्ने । सानो प्लास्टिकको कचौरामा मन तातो पानी लिने । त्यसमा एक चिम्टी नुन, एक चिम्टी बेकिङ सोडा र दुई थोपा कागती मिसाएर नङलाई तीनदेखि पाँच मिनेट डुबाइराख्ने ।

. टावलले नङलाई राम्रोसँग पुस्ने ।
. आफूलाई मन पर्ने आकारमा नङलाई काट्ने । सामान्यतया नङलाई गोलाकारमा काट्ने चलन छ । तर हिजोआज फ्रेन्च नेल कट पनि चलेको छ । यस विधिमा नङलाई सीधा काट्ने गरिन्छ ।
. ठूलो प्लास्टिकको बाटामा मनतातो पानी राख्ने । त्यसमा स्याम्पु, एक चम्चा कागतीको रस, दुई बिर्को हाइडोजन पेरोअक्साइड, एक चम्चा ग्लिसिरिन, एक चम्चा डिटोल र एक चिम्टी नुन हालेर मिसाउने । यो बाटामा पूरै हातलाई दसदेखि पन्ध्र मिनेटसम्म डुबाउने ।

मेनिक्योर ब्रसको सहायताले पूरै हातलाई हल्का रूपमा गोलाकारमा मसाज गर्दै जाने । हातमा फोहोर जमेको छ भने साबुन पनि प्रयोग गर्न सकिन्छ । यसरी सफा गर्दा कुइनासम्म सफा गर्नुपर्छ । चिसो पानीले पूरै हातलाई राम्रोसँग पखाल्ने र टावलले पुछ्ने । अब नङमा पनि मसाज क्रिम लगाएर मसाज गर्ने । यदि मसाज क्रिम छैन भने मोइस्चराइजर लगाएर पनि हल्का हातले मसाज गर्न सकिन्छ ।

. मेनिक्योर सेटमा भएको क्युटिकल पुसरले क्युटिकललाई घचेट्ने ।
. औंलाको नङमा भएको फोहोर पनि त्यही सेटमा भएको सामानले निकाल्ने । मधुमेहको बिरामी भए फोहोर निकाल्न अरेन्ज स्टिक (टुथ पिक) प्रयोग गर्न सकिन्छ । अनावश्यक रूपमा बढेको मासुलाई क्युटिकल कटरले काटेर नङलाई नेल फाइलरले मिलाउने ।
. त्यसपछि हातलाई राम्रोसँग पानीले फेरि धुने र हातको मसाज गर्ने । मसाजका लागि घरमा भएको मोइस्चराइजरले हातदेखि कुइनासम्म मजाले गोलाकारमै मसाज गर्ने । भिजेको टावलले हातलाई पुछ्ने । त्यसपछि इच्छा भए नेल पलिस लगाउने, हैन भने खाली छाड्दा पनि हुन्छ ।
ब्युटिसियन. सुमन सिंह
स्थान. सुमन ब्युटी ट्रिटमेन्ट, कुलेश्वर, काठमाडौं

क्लाइन्टको खुसीमै खुसी


भारतकी चर्चित सौन्दर्यकर्मी सेहेनाज हुसेनसँग ब्युटिसियनको तालिम लिएर एक दशकअघि सुमन सिंहले आफ्नो पार्लर सुरु गरेकी हुन् । कसैको अधीनमा रहेर जागिर खानुभन्दा आफ्नै काम केही गर्नुपर्छ भन्ने उनको सोच थियो । उनकी आमाले पनि ब्युटिसियनको सीप सिकेर काम गर्न सल्लाह दिएपछि यस क्षेत्र रोजेकी हुन् । उनले अहिले आफ्नो पार्लरमा फेसियल, हेयर ट्रिटमेन्ट, मेहन्दीलगायतका सबै सुविधा दिने गरेकी छन् । पहिले सीप सिकेर आफैं पार्लर खोल्ने चाहनाका साथ महिला यो सीप सिक्न आउने भए पनि अहिले विदेश जाने क्रममा ६ महिना वा योभन्दा छोटो अवधिको तालिम लिन आउनेको संख्या बढी हुने उनको भनाइ छ । आफूकहाँ आउने क्लाइन्टलाई आवश्यक सेवा दिएर उनीहरू खुसी हुँदा आफूलाई पनि खुसी लाग्ने उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.