इन्टरनेटमा स्वस्थानी वाचन

इन्टरनेटमा स्वस्थानी वाचन

काठमाडौः श्रीस्वस्थानी व्रतारम्भका अवसरमा सब्सकास्टले मोबाइल तथा कम्प्युटर प्रयोगकर्ताको सुविधाका लागि पुस २८ बाट दैनिक स्वस्थानी वाचन सुरु गरेको छ ।

कथा वाचनको परम्परागत शैलीलाई कायम राख्दै एक महिनासम्म हरेक दिन नेपाली समयअनुसार मध्याह्न १२ बजे सब्सकास्ट डट कममा श्रीस्वस्थानी महिमा सुन्न सकिनेछ । यो नौलो अभियान धेरैभन्दा धेरै श्रोतासम्म पुग्न सकोस् भनेर हरेक दिनको अध्यायलाई साउन्डक्लाउडमा पनि संगृहीत गरिने भएको छ ।

‘रुचि हुँदाहुँदै व्यस्तता वा अन्य कुनै कारणले स्वस्थानी सुन्न नपाएकाहरूले अब आफ्नै मोबाइल वा कम्प्युटरमा दैनिक अध्याय सुन्न सक्नेछन्’, सब्सकास्टकी निर्देशक तथा रेडियो प्रस्तोता सबिना कार्कीले भनिन्, ‘दसैंतिहारका समयमा प्रस्तुत मन्त्रोच्चारणहरूलाई श्रोताहरूले निकै मन पराएकाले हामी स्वस्थानीमा हौसिएका हौं ।’

विशेष गरेर खाडी मुलुकमा काम गरिरहेका दाजुभाइ दिदीबहिनीको अनुरोधमा यो कार्यक्रम सुरु गरेको कार्कीले जानकारी गराइन् । ‘विश्वका जुनसुकै कुनामा रहे पनि स्वदेशकै सांस्कृतिक रमझम र यादहरूले झस्काइरहेका नेपाली मनलाई इन्टरनेटमार्फतै भए पनि जोडेर पारिवारिक अनुभूति दिलाउन हामी धेरै हदसम्म सफल भएका छौं’, रेडियो प्रस्तोताबाट भर्खरै पोडकास्टिङको नौलो आयाम अँगालेकी सबिनाले भनिन् ।

उनले यो सुरुआतमात्रै भएको उल्लेख गर्दै धेरै नौला र रोचक प्रसंग लिएर आउने जानकारी गराइन् । ‘हाम्रा चाडपर्वहरू पारिवारिक मिलन, बन्धुत्व, मित्रत्व, सुख र शान्तिका मूल आधार हुन् ।

यस्तो समयमा कुनै पनि नेपालीले कतै पनि आफूलाई बिरानो र एक्लो सम्झन नपरोस् । हाम्रो अभियान त्यही नै हो’, सबिनाले भनिन् ।

यो लिंकमा गएर स्वस्थानी सुन्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.